२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

सभामुख छाड्न माओवादीको दबाबपछि एमालेमा अन्योल

सभामुख छाड्न माओवादीको दबाबपछि एमालेमा अन्योल
अ अ+ अ-

काठमाडौं । कर्णाल प्रदेशमा नयाँ सरकार गठनमा ढिलाइ भएको छ । गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भागबन्डा नमिल्दा नयाँ सरकार गठनमा ढिलाइ भएको हो ।

मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै राजीनामा दिएका थिए । त्यसपछि बिहीबार नै एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्तीका लागि दाबी पेश गर्ने तयारी गरेका थिए । प्रदेश प्रमुख तिलक परियारले बुधबार मुख्यमन्त्री शर्माले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि सात दिनको समय दिएका छन् । तर शर्माले राजीनामा दिएको पाँच दिन हुँदा पनि एमालेले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न सकिरहेको छैन ।

मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्दा प्रदेशमा माओवादी केन्द्र असन्तुष्ट बनेको छ । संघीय सत्ता गठबन्धनको निर्देशनअनुसार शर्माले राजीनामा दिन बाध्य भएका हुन् । तर माओवादीले प्रदेशमा एमालेसँग सहकार्य गर्ने रुची नै देखिएको छैन । विगतमा एमाले नेता कँडेलले सधैं अप्ठ्यारो मात्र परेको गुनासो माओवादीका नेताहरुको छ ।

यद्यपी अहिले पनि दुई दलका नेताहरुबीच छलफल भने भइरहेको छ । माओवादीले सरकार गठनका विषयमा छलफल गर्ने जिम्मेवारी संसदीय दलका नेता राजकुमार शर्मालाई दिएको छ । एमालेसँगको छलफलमा शर्माले सरकार गठन गर्दा प्याकेजमै सहमति गर्नुपर्ने अडान राखेका छन् । तर एमालेले मुख्यमन्त्री नियुक्तिपछि मात्र भागबन्डा गर्नुपर्ने जनाएको छ ।

स्रोतका अनुसार कर्णालीमा माओवादी केन्द्रले सभामुख र बजेट धेरै हुने चार वटा मन्त्रालय मागेको छ । सभामुख, मन्त्रालयको संख्या र आलोपालो मुख्यमन्त्रीको टुङ्गो नलगाएसम्म नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्न नसक्ने अडान शर्माले राखेका छन् । आफ्ना मागबारे एमालेले सहमति जनाए तत्कालै मुख्यमन्त्रीमा समर्थन दिने माओवादीका एक नेताले बताए ।

त्यसो त २०७९ सालमा कर्णाली सरकारको नेतृत्व पाँचै वर्ष माओवादीले लिने सत्ता गठबन्धन दलहरूबीच केन्द्रमा सहमति भएको थियो । तर त्यो बेला नेता कँडेलले कर्णालीमा आलोपालो सरकारको नेतृत्व गर्नुपर्ने र सभामुख सहित तीन वटा रोजेका मन्त्रालय एमालेले पाउनुपर्ने अडान राखेपछि त्यसै अनुसार सहमति भएको थियो । एमालेले त्यसबेला राखेको जस्तै सर्त अहिले माओवादी केन्द्रले राखेको हो ।

कर्णालीमा मुख्यमन्त्रीसहित आठ मन्त्रालय छन् । प्रदेशमा माओवादीले सभामुख, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण वा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमध्ये पाउनुपर्ने दाबी गरेको छ । आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने विषयमा पनि लिखित सहमति हुनुपर्ने अडान माओवादीको छ । अहिले कर्णाली प्रदेश सभाको सभामुख एमालेबाट नन्दा गुरुङ छिन् । एमाले माओवादीलाई रोजेको मन्त्रालय दिन तयार भए पनि सभामुख भने छोड्न तयार छैन ।

एमाले नेता कँडेलकी विश्वास पात्र गुरुङ सभामुखमा रहँदा एमाले–माओवादीबीच शक्ति सन्तुलन पनि नमिल्ने माओवादीको तर्क छ । तर एमाले भने सरकार फेरबदल भए पनि सभामुख पदका विषयमा बार्गेनिङ गर्नु बेठीक भएको बताएका छन् ।