१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम २ मा नेकपा एकीकृत समाजवादीले जित्छः झलनाथ खनाल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गर्नुभएको छ ।

शनिवार इलाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने बताउनुभएको हो । उहाँले अरु पार्टीहरुले उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीका उम्मेदवारलाई चुनावमा सहयोग गर्न आह्वान गर्नुभयो ।

उहाँले नेपालको राष्ट्रिय राजनीति राम्रो ढंगले अल्मलिएको बताउनु भयो । उहाँले पछिल्लो सत्ता गठबन्धनका नेताहरुले बुद्धि पु¥याएर सत्ता गठबन्धन अघि बढाउनुको विकल्प नरहेको जिकिर गर्नुभयो । उहाँले अहिले विचार मिल्नेहरुको बीचमा एकता सत्ता सहकार्य भएकाले लामो समय टिक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राष्ट्रिय राजनीति यो पछिल्लो निर्वाचन पछि निकै नराम्रो ढंगले अल्मलियो । दिशाहिन हुने हो की के हो ? भन्ने डरलाग्दो परिस्थिति सिर्जना भएको थियो । पछिल्लो अवधिमा आएर फेरि अलि विचार मिल्नेहरुको बीचमा एकता गर्नुपर्छ, भनेर अहिले वामपन्थी शक्तिहरुको सरकार बनेको छ ।

अहिले हामी अलग अलग हिँडौँ, प्रतिष्पर्धा गरौँ, आफ्नो आफ्नो शक्ति निर्माण गरौँ, अझै ठूलो चुनौतिपूर्ण परिस्थितिमा अझै राम्रो एकता होला भन्ने हिसावले अहिले यसमै सहमति गरेका हौँ । यो प्रतिष्पर्धाको सहमति हो । हाम्रो उम्मेदवारी फिर्ता हुँदैन । नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई सबै पार्टीले सहयोग गरे इलामको विकास हुन्छ । इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ । हामीले त्यत्तिकै उठाएका छैनौँ, उहाँसँग योग्यता पनि छ । धेरै चकित हुनेछन् ।’

उहाँले अहिलेको सत्ता सहकार्य प्रतिष्पर्धाको मात्रै भएको बताउनु भयो ।