• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

इलाममा सुहाङ नेम्वाङलाई जिताउन एमाले–माओवादीको संयुक्त अपिल



काठमाडौँ । आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङलाई विजयी गराउन एमाले र नेकपा (माओवादी केन्द्र)ले प्रतिबद्धता जनाएका छन् ।

एमाले–माओवादीले लिखित रुपमै प्रतिबद्धता जनाएका हुन् । एमाले जिल्ला अध्यक्ष महेश बस्नेत र माओवादी जिल्ला संयोजक विजय खम्बूले सुहाङलाई ‘अत्यधिक बहुमतका साथ जिताउन’ जिल्लाका सबै नेता–कार्यकर्तालाई लिखित अपिल गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच इलाम क्षेत्र २ को उपनिर्वाचनमा एमाले उम्मेदवारलाई दुवै दलले जिताउने सहमति भएको थियो ।

यसअघि माओवादी जिल्ला कमिटीले केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमणलाई उम्मेदवारका लागि सिफारिस गरेको थियो । तर, उनले उम्मेदवारी नदिने र एमाले उम्मेदवारलाई सहयोग गर्ने केन्द्रमा सहमति भएको थियो ।

उपनिर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।