काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा एकदिवसीय सिरिज अन्तर्गत नेपाल र पपुवा न्युगिनी(पीएनजी)बीचको खेल जारी छ ।
यूएईको सारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ । पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनायो ।
पपुवा न्युगिनीका चाल्र्स अमिनीले ८२ बलमा ७ चौकासहित सर्वाधिक ५९ रन जोडे । चाड सोपरले ३५ रन जोडे ।
तल्लोक्रमका नर्मन भानुवा १२ बलमा चौका र १ छक्कासहित २३ रनमा रन आउट भए । ओपनर लेगा सियाकाले २५ रन जोड्दा कप्तान असाद भालालाई १९ रन जोड्दै पेभिलियन फर्किए । हिरी हिरी शून्यमा रन आउट भए भने रिली हेकुर ७ बलमा १ चौकासहित ९ रनमा अविजित रहे ।
नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए ।
स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३० रन खर्चेर १ विकेट लिए भने आरिफ शेखले ६ ओभरमा १६ रन खर्चेर १ विकेट लिए ।
यस्तै, ज्ञानेन्द्र मल्लले २ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । ज्ञानेन्द्रको ओडिआईमा यो पहिलो विकेट हो ।