• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रसङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छ’ ★   रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा हो : प्रधानमन्त्री ★   बाढीको जोखिममा रहेका पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै ★   मिचेल मार्शको कप्तानीमा टी–२० विश्वकप खेल्ने अष्ट्रेलियाको टोली घोषणा ★   कानुन आवेगमा आउनु हुँदैन ★   सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमको नयाँ अफर ★   मर्यादित काम र श्रमिकको सम्मान गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान ★   कांग्रेस सदैव मजदुरका हकहितमा क्रियाशील छ : सभापति देउवा ★   श्रमिकको हितसँग जोडिएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रियसभा अध्यक्ष दाहाल ★   अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सभामुखको शुभकामना

मेडिसिटी अस्पतालले ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याउँदै



ललितपुर । नेपाल मेडिसिटी अस्पतालले मष्तिष्क आघात भएका विरामी अस्पतालमा पुगेलगत्तै तत्कालदेखि उपचार गर्नेगरि छिट्टै नै सुविधासम्पन्न र अत्याधुनिक ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याउन लागेको छ ।

अस्पतालले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो । सो सेन्टर मार्फत बिरामीलाई मष्तिष्क आघात भएको ४ देखि ५ घण्टाभित्र अस्पताल ल्याएमा तत्काल उपचार सेवा दिएर बचाउन सकिने अस्पतालको दावी छ ।

नेपालकै पहिलो महिला न्यूरो इन्र्टभेन्सनल न्यूरोसर्जन डा.प्रसन्ना कार्कीका अनुसार मष्तिष्क आघात हुने बित्तिकै बिरामीलाई ४ देखि ५ घण्टाभित्र अस्पतालमा ल्याउन सके केही घण्टा रगत पातलो बनाउने औषधि दिएर राख्न मिल्ने र १८ घण्टा सम्ममा शल्यक्रिया गर्न सकिन्छ ।

मष्तिष्क आघात हुँदा हरेक एक मिनेटमा १९ लाख नसाहरु मर्दै जाने र उपचारमा जति ढिला हुन्छ, त्यति नै छिटो नसाहरु मरेर पक्षघात भई आजीवन अपाङगता हुने सम्भावना रहने डा.कार्कीले बताइन् ।

नेपाल मेडिसिटी अस्पतालले विगत ७ वर्षदेखि अत्याधुनिक प्रविधिबाट मष्तिष्क आघात, ट्युमरदेखि मेरुदण्डको सर्जरी गरि सबै किसिमको न्यूरो सर्जरी सम्बन्धि रोगको उपचार गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

हालसम्म अस्पतालले दुईहजारभन्दा बढि मष्तिष्कको शल्यक्रिया गरिसकेको छ, जसमध्ये ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, कुनै पनि किसिमको स्ट्रोक, मेरुदण्डको ट्युमर, मेरुदण्डको नसा च्यापेको तथा मेरुदण्ड मिलाउनुपर्ने शल्यक्रिया रहेको छ ।

अस्पतालले सबै किसिमका नशा सम्बन्धि समस्याहरुको उपचार उपलब्ध गराउँदै आएको र उपचारका लागि न्यूरो सर्जन, न्यूरो इन्टर्रभेन्सनिस्ट, न्यूरोलोजिस्ट, इर्मजेन्सी, न्यूरो रेडियोलोजिस्ट, न्यूरो क्रिटिकल केयर, न्यूरो एनेस्थेटिस्ट तथा न्यूरो रिहाबिलिटेसनको समूह २४ सै घण्टा तैनाथ रहेको पनि उल्लेख गरेको छ ।

अस्पतालको न्यूरोसर्जरी विभागले नशासम्वन्धि विरामीलाई ओपन सर्जरी (चिरफार गरेर गरिने शल्यक्रिया) र नन् इन्भेसिभ सर्जरी (सानो प्वाल बनाई गरिने शल्यक्रिया) को सेवा दिइरहेको पनि जनाएको छ ।

अस्पतालले शल्यक्रिया गर्दा धेरै नचिरी वा मष्तिष्क नखोली दुरबिनको सहायताबाट गरिने शल्यक्रिया, नन् इन्भेसिभ सर्जरीको सुविधा पनि प्रदान गर्दै आएको र यसरी सर्जरी गर्दा बिरामीलाई छिटो निको हुने र अस्पतालको बसाई पनि कम हुने अस्पतालको दावी छ ।

गत वर्षबाट शुरु गरिएको नन् इन्भेसिभ सर्जरीबाट न्यूरो भास्कुलर समस्या भएका १५० भन्दा बढि बिरामीहरुको शल्यक्रिया गरिएको छ ।

न्यूरो इन्र्टभेन्सन प्रोसिड्युरमा थ्रोमबेक्टोमी, एन्यूरिजम कोइलिङ, ट्युमर इम्बोलाइजेसन, फ्लो डाइभरटर र स्टेन्टिङ पर्ने उल्लेख गर्दै न्युरोसर्जरी विभाग प्रमुख प्रा.डा.गोपाल रमण शर्माले इन्र्टभेन्सन पद्धतिबाटबाट गरेको शल्यक्रियाको नतिजा सन्तोषजनक रहेको बताए ।

२८ वर्ष भन्दा बढि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय न्यूरो सर्जरीको अनुभव भएका प्रा.डा.शर्माले हालसम्म २० हजार भन्दा बढि शल्यक्रिया गरिसकेका छन् ।

न्यूरो आइसियुमा १२ वटा बेड रहेको जहाँ हरेक बेडमा भेन्टिलेटरको सुविधा छ भने एक बेडमा एक नर्स र २४ सै घण्टा न्यूरो एनेस्थेटिस रहने पनि अस्पतालले जनाएको छ ।

न्यूरोलोजी विभागका प्रमुख डा.बाबुराम पोखरेलका अनुसार विश्वभर मष्तिष्क आघातका विरामीको संख्या बढ्दै जान थालेको छ । विभिन्न अध्ययनका अनुसार एक करोड पचास लाख मानिसहरुलाई स्ट्रोक हुन्छ भने ५० लाख मानिसहरु स्ट्रोकको उपचार गर्दागर्दै मृत्यु बेहोरिरहेका छन् । त्यस्तै, स्ट्रोककै कारण ५० लाखमा अपाङगता हुन्छ भने ५० लाख मानिसले मात्रै उपचारपछि गुणस्तरीय जीवन बाँच्न पाउँछन् ।

त्यस्तै अस्पतालमा न्यूरो सर्जरी वा स्ट्रोक पश्चात बिरामीलाई फिजिकल रिहाबिलिटेसन पनि गरिन्छ । फिजिकल रिहाविलिटेशन विभागका प्रमुख डा.मञ्जु ज्ञवालीका अनुसार एक वर्षमा ८ देखि ९ हजार न्यूरोका बिरामीलाई थेरापी सेवा पुर्‍याउँदै आएको छ ।