४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

मेडिसिटी अस्पतालले ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याउँदै

मेडिसिटी अस्पतालले ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याउँदै
अ+ अ-

ललितपुर । नेपाल मेडिसिटी अस्पतालले मष्तिष्क आघात भएका विरामी अस्पतालमा पुगेलगत्तै तत्कालदेखि उपचार गर्नेगरि छिट्टै नै सुविधासम्पन्न र अत्याधुनिक ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा ल्याउन लागेको छ ।

अस्पतालले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो । सो सेन्टर मार्फत बिरामीलाई मष्तिष्क आघात भएको ४ देखि ५ घण्टाभित्र अस्पताल ल्याएमा तत्काल उपचार सेवा दिएर बचाउन सकिने अस्पतालको दावी छ ।

नेपालकै पहिलो महिला न्यूरो इन्र्टभेन्सनल न्यूरोसर्जन डा.प्रसन्ना कार्कीका अनुसार मष्तिष्क आघात हुने बित्तिकै बिरामीलाई ४ देखि ५ घण्टाभित्र अस्पतालमा ल्याउन सके केही घण्टा रगत पातलो बनाउने औषधि दिएर राख्न मिल्ने र १८ घण्टा सम्ममा शल्यक्रिया गर्न सकिन्छ ।

मष्तिष्क आघात हुँदा हरेक एक मिनेटमा १९ लाख नसाहरु मर्दै जाने र उपचारमा जति ढिला हुन्छ, त्यति नै छिटो नसाहरु मरेर पक्षघात भई आजीवन अपाङगता हुने सम्भावना रहने डा.कार्कीले बताइन् ।

नेपाल मेडिसिटी अस्पतालले विगत ७ वर्षदेखि अत्याधुनिक प्रविधिबाट मष्तिष्क आघात, ट्युमरदेखि मेरुदण्डको सर्जरी गरि सबै किसिमको न्यूरो सर्जरी सम्बन्धि रोगको उपचार गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

हालसम्म अस्पतालले दुईहजारभन्दा बढि मष्तिष्कको शल्यक्रिया गरिसकेको छ, जसमध्ये ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, कुनै पनि किसिमको स्ट्रोक, मेरुदण्डको ट्युमर, मेरुदण्डको नसा च्यापेको तथा मेरुदण्ड मिलाउनुपर्ने शल्यक्रिया रहेको छ ।

अस्पतालले सबै किसिमका नशा सम्बन्धि समस्याहरुको उपचार उपलब्ध गराउँदै आएको र उपचारका लागि न्यूरो सर्जन, न्यूरो इन्टर्रभेन्सनिस्ट, न्यूरोलोजिस्ट, इर्मजेन्सी, न्यूरो रेडियोलोजिस्ट, न्यूरो क्रिटिकल केयर, न्यूरो एनेस्थेटिस्ट तथा न्यूरो रिहाबिलिटेसनको समूह २४ सै घण्टा तैनाथ रहेको पनि उल्लेख गरेको छ ।

अस्पतालको न्यूरोसर्जरी विभागले नशासम्वन्धि विरामीलाई ओपन सर्जरी (चिरफार गरेर गरिने शल्यक्रिया) र नन् इन्भेसिभ सर्जरी (सानो प्वाल बनाई गरिने शल्यक्रिया) को सेवा दिइरहेको पनि जनाएको छ ।

अस्पतालले शल्यक्रिया गर्दा धेरै नचिरी वा मष्तिष्क नखोली दुरबिनको सहायताबाट गरिने शल्यक्रिया, नन् इन्भेसिभ सर्जरीको सुविधा पनि प्रदान गर्दै आएको र यसरी सर्जरी गर्दा बिरामीलाई छिटो निको हुने र अस्पतालको बसाई पनि कम हुने अस्पतालको दावी छ ।

गत वर्षबाट शुरु गरिएको नन् इन्भेसिभ सर्जरीबाट न्यूरो भास्कुलर समस्या भएका १५० भन्दा बढि बिरामीहरुको शल्यक्रिया गरिएको छ ।

न्यूरो इन्र्टभेन्सन प्रोसिड्युरमा थ्रोमबेक्टोमी, एन्यूरिजम कोइलिङ, ट्युमर इम्बोलाइजेसन, फ्लो डाइभरटर र स्टेन्टिङ पर्ने उल्लेख गर्दै न्युरोसर्जरी विभाग प्रमुख प्रा.डा.गोपाल रमण शर्माले इन्र्टभेन्सन पद्धतिबाटबाट गरेको शल्यक्रियाको नतिजा सन्तोषजनक रहेको बताए ।

२८ वर्ष भन्दा बढि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय न्यूरो सर्जरीको अनुभव भएका प्रा.डा.शर्माले हालसम्म २० हजार भन्दा बढि शल्यक्रिया गरिसकेका छन् ।

न्यूरो आइसियुमा १२ वटा बेड रहेको जहाँ हरेक बेडमा भेन्टिलेटरको सुविधा छ भने एक बेडमा एक नर्स र २४ सै घण्टा न्यूरो एनेस्थेटिस रहने पनि अस्पतालले जनाएको छ ।

न्यूरोलोजी विभागका प्रमुख डा.बाबुराम पोखरेलका अनुसार विश्वभर मष्तिष्क आघातका विरामीको संख्या बढ्दै जान थालेको छ । विभिन्न अध्ययनका अनुसार एक करोड पचास लाख मानिसहरुलाई स्ट्रोक हुन्छ भने ५० लाख मानिसहरु स्ट्रोकको उपचार गर्दागर्दै मृत्यु बेहोरिरहेका छन् । त्यस्तै, स्ट्रोककै कारण ५० लाखमा अपाङगता हुन्छ भने ५० लाख मानिसले मात्रै उपचारपछि गुणस्तरीय जीवन बाँच्न पाउँछन् ।

त्यस्तै अस्पतालमा न्यूरो सर्जरी वा स्ट्रोक पश्चात बिरामीलाई फिजिकल रिहाबिलिटेसन पनि गरिन्छ । फिजिकल रिहाविलिटेशन विभागका प्रमुख डा.मञ्जु ज्ञवालीका अनुसार एक वर्षमा ८ देखि ९ हजार न्यूरोका बिरामीलाई थेरापी सेवा पुर्‍याउँदै आएको छ ।