२८ श्रावण २०८३, बिहीबार
,
Latest
दक्षिण एशियाको भूराजनीति र शक्ति राष्ट्रको प्रतिष्पर्धा नेपालका लागि चुनौतीपूर्णः डा. राजन भट्टराई कोशी टप्पुमा बढ्दो पर्यटक आकर्षण, दुर्लभ अर्ना र प्रवासी चराचुरुङ्गी मुख्य आकर्षण सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन रोल्पामा पहिरोः मृत्यु हुनेको संख्या तीन पुग्यो, नौ जना अझै बेपत्ता आजदेखि विधिवत् सुरु भयो नेवार समुदायको धार्मिक पर्व ‘गुँला’ (फाेटाे फिचर) पत्रकार श्रेष्ठको गिरफ्तारी र ‘जनआस्था’ कार्यालयमा प्रहरी छापा निन्दनीय : मानव अधिकार तथा शान्ति समाज कोलोम्बिया भूकम्पः मृतकको संख्या २६५ पुग्यो, आर्थिक संकटकाल घोषणा गरिँदै रोल्पा बोटलबारा पहिरा अपडेट : १० जना बेपत्ता, खोजी जारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीराजमार्गको मुसेखोला नजिक पहिरा खस्ने जोखिम



अ+ अ-

तनहुँ । मुग्लिन–पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत तनहुँको व्यास–१ मुसेखोला नजिक सडक विस्तारका क्रममा पहिरा खस्ने जोखिम रहेको छ ।

सडकबाट करिब ७२ मिटरको उचाइमा एक सय मिटर जमिन चिरा परेर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जुनसुकै समयमा पहिरा खस्नसक्ने खतरा देखिएकाले राजमार्ग भएर गुड्ने सवारीसाधानलाई वैकल्पिक मार्गको प्रयोग गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । सडक योजनासँग समन्वय गरी वैकल्पिक मार्गको प्रयोग गराइएको उहाँको भनाइ छ ।

उक्त राजमार्ग भएर गुड्ने सवारीसाधनलाई सोही वडाको तालघरेबाट व्यास–११ को रानीगाउँ हुदै घाँसीकुवा निस्कने गरी भित्री सडक प्रयोगको लागि व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । रासस