१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व मुवाँथाइका पदक विजेता नगदसहित सम्मानित



अ+ अ-

काठमाडौं । थाइल्यान्डको बैंककमा भएको १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा पदक जित्न सफल नेपाली खेलाडी मंगलबार नगदसहित सम्मानित भएका छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघले आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

नेपाली खेलाडीले मार्च १२ देखि २० तारिखसम्म भएको प्रतियोगितामा १ एतिहासिकसहित २ स्वर्ण, २ रजत र १ कांस्य जितेका थिए । गुणराज रुचालले सेमी प्रोको पुरुष ५४ केजीमा इटालीका ग्राभियल ओलारिउलाई पराजित गरी ऐतिहासिक स्वर्ण जितेका थिए । यसअघि विश्व च्याम्पियनसिपको सेमी प्रोमा कुनैपनि नेपाली मुवाँथाई खेलाडीले स्वर्ण जितेका थिएनन् ।

विश्व च्याम्पियनसिपको आठौं सहभागितामा गुणराज स्वर्ण जित्न सफल भएका हुन् । गुणराजको उपलब्धी मुवाँथाईमा कुनैपनि नेपाली खेलाडीले हासिल गरेको अहिलेसम्मकै उच्च हो । यसअघि पलिस्था कक्षपतिले २०१९ तथा सञ्जय राईले २०१७ मा भएको विश्व च्याम्पियनसिको एमेच्यारेतर्फ स्वर्ण जितेका थिए ।

विश्व च्याम्पियनसिपको १९ औं संस्करणमै परिका बतासले पनि स्वर्ण जितेकी थिइन् । एमेच्योरतर्फ महिला ४५ केजीमा परिकाले तीनपटककी विश्व च्याम्पियन मरिसियसकी रानीनी कुन्डास्वामीलाई पराजित गरी स्वर्ण जितेकी थिइन् । एमेच्यारतर्फ पुरुष ५१ केजीमा सुशिल शाह ठकुरी र सञ्जय राईले रजत तथा ५७ केजीमा गुमान घर्ती मगरले कांस्य जिते ।

गुणराजले १ लाख, परिकाले ५० हजार तथा सुशिल, सञ्जय र गुमानले समान १०–१० हजार नगद पुरस्कारसहित प्रशंसा पत्र पाए । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच सम्मान गरे । सोही अवसरमा प्रशिक्षकद्वय राहुल मोक्तान र विगेन दराइ पनि समान १०–१० हजार नगद र प्रशंसासहित सम्मानित भए ।