९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य जीवनशैली जिउन अपनाउनुहोस् यी ६ सहज उपाय !



अ+ अ-

काठमाडौं । आफ्नो  जीवनशैलीलाई परिवर्तन गरेर स्वास्थ्य जीवनशैली अपनाउन चाहनुहुन्छ भने आफ्ना केही बानीहरु पहिचान गरेर त्यसलाई सुधार्नु पर्छ। जसले गर्दा आफूलाई र आफ्नो जीवनशैलीलाई सही ढङ्गमा परिवर्तन गरी स्वस्थ भएर जीवन जिउन सकिन्छ। स्वास्थ्य शरीरको लागि हामीले धेरै लगानी गर्नु पर्दैन बस हाम्रो दिनचर्या र खानपान सही प्रकारको बनाउनु पर्दछ।  

खराब जीवनशैलीका कारण ९० प्रतिशत रोगहरू जन्मन्छन् भने स्वास्थ्य जीवनशैलीबाट नै ९० प्रतिशत रोगहरू ठीक पनि हुने गर्छन्। यस्ता रहेका छन् स्वास्थ्य जीवनशैलीका रहस्यहरु :

१) खानपान
सर्वप्रथम त स्वस्थ शरीरको लागि सही प्रकारको खान सही समयमा सेवन गर्नुपर्छ। स्वस्थ खाना सही समयमा खाएर हामीले हाम्रो शरीरलाई स्वस्थ र बलियो बनाइ राख्न सक्छौं। हामीले दैनिक खाने खाना सन्तुलित र पौष्टिक हुनु पर्दछ। हामीले दैनिक खाने खानामा काब्रोहाइडेट, भिटामिन, प्रोटिन, फाइबर, चिल्लो, खनिज तत्व, क्याल्सियम, फलाम, आयोडिन, फ्लोरिन, पानी, फोलेट आदिजस्ता सबै पोषक तत्व समावेश हुन जरुरी छ। बिहान उठ्नेबित्तिकै हलुका खाना खाने त्यसपछि खँदिलो र पर्याप्त खाने, त्यसपछि क्रमश खानाको मात्रा कम गरेर खानु पर्दछ। धूम्रपान र मद्यपान जस्ता कुलतवाट टाढा रहनु पर्दछ।

२) व्यायाम
व्यायाम गरेर हामी स्वस्थ रहन सक्छौं। व्यायामले हाम्रो शरीरलाई फिट राख्छ र मांसपेशीहरुलाई मजबुत बनाउँछ। यसले हाम्रो रोग प्रतिरोधी क्षमता पनि बढाउँछ। हामीले आफ्नो घरको बंगैचाको हेरचाह र घरको रेखदेख जस्ता शारीरिक श्रम आवश्यक हुने काम गरेर शरीरको व्यायाम गर्न सक्छौ। आफ्नो घर वरिपरि जगिङ गर्न सकिन्छ। १५(२० मिनेट लाग्ने ठाँउमा कतै जाँदा कार वा मोटरसाइकल प्रयोग गर्नुको सट्टा आफ्नो गन्तव्य सम्म हिँडेर जान सकिन्छ। स्वस्थ शरीरको लागि दैनिक कम्तीमा ३० मिनेटको लागि मध्यम गतिमा हिँड्न जरुरी छ।

३) पानी
पानी सम्पूर्ण जीवित प्राणीलाई बाँच्नका लागि नभई नुहने तत्व हो। पानीबिना जीवनको अस्तित्व नै असम्भव छ। पानीले शरीरबाट अनावश्यक उत्तेजक पदार्थ फाल्न सहयोग गर्छ । स्वस्थ रहन र अन्य रोगबाट बँच्न पनि एक वयष्क मानिसको लागि दैनिक ८ देखि १० गिलास पानी पिउनु पर्दछ। पानीले शारीरिक र मानसिक रुपमा स्फूर्ति दिन्छ। साथै नरिवल पानी र ताजा फलफूलको रस पनि खान सकिन्छ।

४) निद्रा
स्वस्थ शरीरको लागि गहिरो र पर्याप्त निद्रामा निदाउन आवस्यक हुन्छ। शरीरलाई आराम प्रदान गर्न, उर्जा दिन र भोलिपल्ट अझै बढी फूर्तिलो भएर काम गर्न शरीरलाई पर्याप्त निद्रा आवश्यक हुन्छ। दैनिक रूपमा साना बच्चाहरुलाई १० देखि १४ घन्टाको निन्द्राको आवश्यकता हुन्छ भने किशोर किशोरीलाई ८-१० घन्टाको निन्द्रा आवश्यक हुन्छ र वयष्कहरुलाई ७-९ घन्टाको निन्द्राको जरूरत हुन्छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार पर्याप्त सुत्न नपाउने मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै मानसिक समस्या उत्पन्न हुने खतरा हुन्छ।

५) सरसफाइ
स्वस्थ जीवनशैली अपनाउनको लागि हामीले आफ्नो शरीरको र हामी बस्ने ठाउँको, हामीले लगाउने लुगाको, हामीले खाने खाना र पानीको सरसफाईमा विशेष रूप ध्यान दिनुपर्छ। यी कुराहरूको सरसफाइमा ध्यान नदिएमा हाम्रो शरीरमा विभिन्न प्रकारका स्वास्थ्य समस्या र रोग लाग्ने र उत्पन्न हुने खतरा हुन्छ। त्यस्तै मानिसको पहिलो प्रभाव उसको व्यक्तित्वबाट नै हुने भएकाले हामीले सरसफाइमा विशेष ध्यान दिनुपर्छ।

६) सकरात्मक सोच
स्वस्थ शरीरको लागि हामीले सकरात्मक सोचको विकास गर्न जरुरी हुन्छ। नकारात्मक सोचाईले मनलाई थकाउँछ र शरीरलाई गलाउँछ। हामीले एकघण्टा सम्म मनमा नकारात्मक भाव पैदा गरी अनि आफनो शरीरको अवस्था जाँच्ने हो भने त्यसबेला हाम्रो शरीर १२ घण्टा कडा काम गरे भन्दा धेरै थाकेको महसुस हुन्छ।

मन मस्तिष्कलाई सधै सकारात्मक कुरामा लगाउने, असल आचरण, व्यवहार गर्ने, प्रेमपूर्ण हुने, अरूको प्रशंसा गर्ने, आफूभन्दा आदरणीय व्यक्तिलाई आदर गर्ने, जहाँ जस्तो परिस्थितिमा पनि सकारात्मक अभिव्यक्ति दिने, अरूको सहयोगप्रति अथवा जीवनमा जसले पनि हामीलाई सानो कुरामा सहयोग गरेको छ भने पनि अहोभाव व्यक्त गर्ने बानी नै सकारात्मक सोच बढाउने उपाय हुन्।

यसरी हामीले आफ्नो दैनिकी, खानपान, सोचाईलाई सही ढङ्गमा परिवर्तन गरी स्वस्थ जीवनशैली बनाई स्वस्थ शरीरको साथमा जीवन व्यतीत गर्न सकिन्छ। आफूमा भएको नराम्रा बानीहरु पहिचान गरेर त्यसलाई त्यागी राम्रा बानी ब्यबहारको विकास गर्न तर्फ आजै बाट जागृत हुन जरुरी छ। एजेन्सीको सहयोगमा