• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री नेतान्याहुको गिरफ्तारी आदेशको निन्दा गर्दै आइसिसीलाई प्रतिबन्ध गर्ने अमेरिकी सांसदको माग ★   कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न धनुषा अदालतको अनुमति ★   चितवनमा शल्यक्रियाबिना मुटुको प्वाल टालियो ★   म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलुखेती ★   थलीमा मृत भेटिएका नगरकोटीका छोरा फर्पिङमा घाइते अवस्थामा फेला ★   उपेन्द्र यादवको दुवै रिट पेशीमा ★   कार्यदलको बैठक निष्कर्षविहीन ★   सार्कलाई सक्रिय बनाउन नेपालले ठोस पहल गर्नुपर्ने परराष्ट्रविद्हरुको भनाई ★   माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर ★   गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छ जना पक्राउ

स्वयम्भू : काठमाडौं उपत्यका स्थापनासँग जोडिएको तथ्य (फोटो फिचर)



काठमाडौं । काठमाडौं उपत्यकाको पश्चिममा रहेको ऐतिहासिक र धार्मिक स्थल हो स्वयम्भू । स्वयम्भूनाथ प्रसिद्ध बौद्ध स्तूप हो । यसलाई महाचैत्य पनि भनिन्छ । संस्कृत भाषामा स्वयम्भूको अर्थ स्वयम् उत्पत्ति भएको भूमि भन्ने हो ।

काठमाडौं महानगरपालिका –१५ स्थित स्वयम्भूलाई काठमाडौं उपत्यकाको स्थापनासँग जोडेर हेर्ने गरिन्छ । काठमाडौं उपत्यकाको स्थापना र नेपालको इतिहासमा पनि स्वयम्भूनाथको ठूलो भूमिका रहेको छ । भगवान मन्जुश्रीले काठमाडौँको स्थापना गर्नु अघि यो भूमिमा बसेर तपस्या गर्नु भएको उल्लेखित पुराना ग्रन्थहरूमा पाईन्छ । नेवारीबाट स्येँको अर्थ स्वयं, गुँको अर्थ वनबाट स्येँगु र यसै शब्दलाई पछि स्वयम्भू भनि आएको हो ।

काठमाडौं उपत्यकामा पानी भरिएका बेलामा यहाँ विपस्वी बुद्ध आएर तीनपल्ट वरिपरीको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसि तपस्या गरेका थिए । त्यसपछि वैशाख पूर्णिमाका दिन कमलको बीउ दक्षिण फर्कि दहमा रोपेका थिए । अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको र त्यसमा पञ्चरश्मीसहित स्वयम्भू महाचैत्यको उत्पति भएको मानिन्छ ।

किम्बदन्ती स्वयम्भु पुराण अनुसार, पहिले उपत्यका ठूलो तालको रूपमा थियो । जसबाट कमलको फूलको उत्पत्ति भएको थियो । त्यसपछि यसको नाम स्वयम्भू रहन गएको हो । जसको अर्थ हो “स्वयं उत्पत्ति भएको भूमि” भन्ने बुझिन्छ । स्वयम्भू महाचैत्यलाई पर्यटकहरु Monkey Temple भनेर पनि सम्बोधन गर्छन् । किनकी मन्दिरको उत्तर–दक्षिण भेगतिर प्रसस्त बाँदर पाईन्छन् ।

अर्को किम्बदन्ती छ– बोधिसत्व मञ्जुश्रीले एकपटक स्वयम्भूमा कमलको फूल देख्नुभयो र त्यहाँ गएर पूजाआजा गर्नुभयो । उहाँले त्यहाँ मानिसको राम्रो बसोबास हुन सक्ने देखेर चोभारलाई काटेर काठमाडौँको सबै पानी बाहिर पठाउनु भयो र हाल काठमाडौ उपत्यका रहन गएको हो र कमलको फूल भएको स्थान पहाडमा परिणत भयो र फूल स्वयम्भू महाचैत्य स्तूप रहन गयो ।

नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य बनेको स्वयम्भूमा हरेक दिन स्वदेशी तथा विदेशी गरी हजारौं पर्यटक पुग्ने गर्छन् । यहाँबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।

फोटो- न्यूजपोलार