९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

संवैधानिक इजलाशमा वकिलका गीत र सायरी !

संवैधानिक इजलाशमा वकिलका गीत र सायरी !
अ अ+ अ-

काठमाडौँ । मुलुकको राजनीतिको गाँठो फुकाउन यतिखेर सर्वाेच्च अदालतमा बहस जारी छ । गएको पुस ५ मा नेकपाको स्पष्ट बहुमत रहेको प्रतिनिधि सभालाई नेकपाकै संसदीय दलका नेता रहेका प्रधानमन्त्री केपी ओलीले अकस्मात विघटन गरिदिएपछि परेको राष्ट्रिय राजनीतिको गाँठो सर्वाेच्चसम्म पुगेको हो । त्यसैले यहाँ संसदको विघटन ठीक र बेठीक भन्ने तर्कहरुलाई न्यायको तराजूमा राखेर तौलिने काम जारी छ । 

त्यसो त अदालतको इजलाश तर्क, वितर्क र कुतर्क गर्ने ठाउँ नै हो । यसो भनिरहँदा अदालतको मान हानी किन नहोस् भने कुनै एक पक्षका वकिलका लागि तर्क रहेका धारणा अर्काका लागि यहाँ कुतर्क ठहरन्छिन्, यसरी आफ्ना पक्षका तर्कहरुलाई तराजुमा तौलिएर जित्ने र जित्न खोज्ने काम अदालतको इजलाशमै हुन्छ । 

तर यतिखेर भने यो तर्कैतर्कको गर्मागर्मी बहसमात्र नभएर केही रमाइलो वातावरण पनि छ । प्रतिनिधि सभा विघटन मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी छ, वकिलहरूले बहस गरिरहेका छन् । आफ्ना मतहरु राख्ने क्रममा अदालती भाषामा ‘विद्वान अधिवक्ता’ हरुले माहौललाई केही रमाइलो पनि बनाएका छन् । उनीहरुले एक अर्कालाई छेड हान्ने र आफ्ना तर्क राख्न गीत र गजलहरु भन्ने र त्यसको शैली पनि अपनाउने गरेका छन् । मंगलबार र बुधबार यहाँ त्यस्तै देखियो ।  

मंगलबार बहसका क्रममा महान्यायाधीवक्ता अग्नि खरेलले एउटा गीतलाई प्रस्तुत गर्दै भने– अहिले कतिपयले मानौँ कि ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ जस्तै गरेर विघटित प्रतिनिधि सभा नै चाहिने तर्क गरिरहेका छन्, जुन स्वाभाविकै होइन । 

प्रतिनिधि सभा विघटन मुद्दाको पक्षमा अर्थात् विघटनका पक्षमा बहस गर्दै उनले संसदको पुनस्थापना गर्नु भनेको त्यही गीत जस्तै अरु केहीले हुदैन मलाई त्यही केटी चाहिन्छ भन्ने जस्तो मात्र हो, उनले भने । तर खरेलले यसअघिका वकिलको तर्क काट्न त्यसो भनेका थिए । उनले भनेका थिए– ‘एकजना विद्वानले गीत गाउनुभयो, मलाई त गीत गाउन पनि आउँदैन, म बाथरूम सिंगर हो । नाइँ मलाई त्यही केटी चाहिन्छ भनेजस्तै गर्नुभयो ।’ 

त्यस्तै यसअघि रिट निवेदकका तर्फबाट बहस गरेका अर्का अधिवक्ता गोपालकृष्ण घिमिरेलेले यो गीत गाएका थिए ‘नबिर्सें तिमीलाई न पाएँ तिमीलाई….’ 
उनले प्रधानमन्त्रीले भोलि संसदलाई न विर्सिन सक्ने र न पाउन सक्ने अवस्था आउने तर्क गरेका थिए । 

बुधबार पनि यो रमाइलो निरन्तर रह्यो । सरकारका पक्षबाट बहस गरेका सुशील पन्तले इजलासमा एउटा सायरी सुनाए– ‘ए फलक के चाँद हमने भी एक चाँद देखा है, तुझमें तो है दाग हमने बेदाग देखा है..’ 

सायरीको अर्थ लगाउँदै उनले भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रक्रियामा दाग देख्नुभयो अनि बेदाग चन्द्रमाजस्तो जनतामा जाने निर्णय गर्नुभयो । उता यसअघि रिट निवेदकका तर्फबाट बहस गरेका अर्का अधिवक्ता शम्भु थापाले पनि इजलासमै यो उर्दु सायरी सुनाएका थिए । 

जला है जिस्म जहाँ दिल भी जल गया होगा
कुरेदते हो जो अब राख जुस्तुजू क्या है ।

यस सायरीको अर्थ लाउँदै थापाले भने ‘जब शरीर नै जल्यो भने दिल जल्छ, अनि सकिन्छ । अब पार्लियामेन्ट म¥यो भने, (केही पनि) बाँकी रहँदैन, यो सबै जल्छ अनि सबै सकिन्छ, अर्थात् यो व्यवस्था नै सकिन्छ ।’