११ असार २०८३, बिहीबार
,
Latest
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियन ओपन : नाडाल र मेडभेडेभ फाइनलमा प्रवेश



अ+ अ-

मेलबर्नः यस वर्षको अस्ट्रेलियन ओपनमा पुरुष एकल तर्फको फाइनलमा राफायल नाडाल र डानील मेडेभेडेभबीच हुने भएको छ ।

शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा दुबै खेलाडीले आआफ्ना प्रतिद्वन्द्वीलाई रोचक प्रतिस्पर्धाबीच पराजित गरेका थिए ।

पहिलो सेमिफाइनलमा विश्व नं. खेलाडी नाडालले म्याटिओ बेरिटिनीलाई सहजै ३–१ सेटले पराजित गरेका थिए । नाडालले बेरिटिनीलाई ६–३, ६–२, र ६–३ ले पराजित गरेका थिए । बेरिटिनीले तेस्रो सेट ६–३ ले जितेका थिए ।

याे पनि पढ्नुहाेस्

राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश

चोटका कारण मुख्य प्रतियोगिता नखेलेका नाडालले यस वर्षको अस्ट्रेलियन ओपनमा भने पुनरागमन गरेका छन् । नाडालले यसअघि एक पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।
नाडालले हालसम्म २० वटा ग्रान्डस्लाम प्रतियोगिता जितिसकेका छन् । हालसम्म २० वटा ग्रान्डस्लामको उपाधि रोजर फेडरर र नोभाक जोकोभिचले जितेका छन् ।  

अर्को खेलमा रुसी विश्व वरियतामा दोस्रो नम्बरमा रहेका डानील मेडभेडेभले निकै कडा संघर्षबीच ग्रीसका स्टिफानो चिचिपासलाई ३–१ सेट अन्तरले पराजित गरे ।

अघिल्लो दिन क्यानडाका किशोर खेलाडी फेलिक्ससँग निकै संघर्ष गर्नु परेका मेडभेडेभले आजको खेलमा भने निकै उत्कृष्ट खेल प्रस्तुत गरेका थिए । पहिलो सेट जितेर अग्रता बनाएका मेडभेडेभ दोस्रो सेटमा भने चिचिपाससँग ६–४ ले पराजित भएका थिए ।

यहीबीच तेस्रो सेटको खेल चलिरहेको अवस्थामा मेडभेडेभको अम्पायरसँग भनाभन पनि भएको थियो । तर उनले आफ्नो लय गुमाएनन् । उनले तेस्रो र चौथो सेट लगातार जितेर समग्रमा ७–६, ६–४ र ६–१ ले खेल जिते ।

यसअघि मेडभेडेभले सन् २०२१ मा युएस ओपनमा विश्व नं. १ नोभाक जोकोभिचलाई पराजित गरेका थिए । सन् २०२१ को अस्ट्रेलियन ओपनमा उनी नोभाक जोकोभिचसँग पराजित भएका थिए भने २०१९ मा युएस ओपनमा राफायल नाडालसँग पराजित भएका थिए ।

नाडालले भने सन् २००९ मा एक पटक मात्र अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । यद्यपी उनी अरु चार पटक २०१२, २०१४, २०१७ र २०१९ मा फाइनलमा प्रवेश गरेका थिए ।

पुरुष एकल तर्फको फाइनल खेल आइतबार हुनेछ ।