• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश ★   तेक्वान्दो छोरीहरुलाई बढी सिकाउनुपर्छ: अध्यक्ष नेपाल ★   बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको बैठक ★   सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरु पुन: आन्दोलनमा ★   सिङ्गापुरका पूर्व प्रधानमन्त्री लीका भाइलाई दुई लाख ९६ हजार डलर जरिवाना ★   जुवाको खालबाट २२ जना पक्राउ ★   उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट ★   काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती

धनकुटाका दुई सामुदायिक वनमा भीषण डढेलो, बस्ती जोखिममा



धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका दुई वटा सामुदायिक वनमा भीषण डढेलो लागेको छ । वडा नं. ६ र ७ को सिमानामा पर्ने वनमा बनपाला र छुम्लिङ गाउँको नजिक दुरीमा रहेको गढीसिंहदेवी सामुदायिक वनमा डढेलो लागेको हो ।

डढेलो फैलिँदै गएपछि याङपाङ गाउँसमेत जोखिममा परेको थियो । प्रहरी र स्थानीयको सहयोगमा अग्नीरेखा बनाएर डढेला नियन्त्रणमा लिइएको छ । बजार क्षेत्र नजिकसम्म फैलिएको आगो अहिले नियन्त्रणमा आएको छ । झाँक्री पार्क क्षेत्रमा भने डढेलो नियन्त्रण बाहिर नै छ ।

हिजो दिउँसोदेखि सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको स्थानीयले बताएका छन् । सामुदायिक वनको डढेलोले नजिकै रहेको काफ्ले गाउँ जोखिममा छ । यस क्षेत्रका करिब ५० घर जोखिममा छन् ।

बाटोको पहुँच नभएकाले दमकल पुर्‍याउन सकिएको छैन । छुम्लिङ क्षेत्रबाट सुरु भएको डढेलो नजिक रहेको दुई वटा सामुदायिक वनमा सल्किएको थियो । अत्यधिक हावाको कारण आगो नियन्त्रण बाहिर गएको स्थानीयको भनाइ छ ।