२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

अस्ट्रेलियन ओपन : नाडाल र मेडभेडेभ फाइनलमा प्रवेश

अस्ट्रेलियन ओपन : नाडाल र मेडभेडेभ फाइनलमा प्रवेश
अ अ+ अ-

मेलबर्नः यस वर्षको अस्ट्रेलियन ओपनमा पुरुष एकल तर्फको फाइनलमा राफायल नाडाल र डानील मेडेभेडेभबीच हुने भएको छ ।

शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा दुबै खेलाडीले आआफ्ना प्रतिद्वन्द्वीलाई रोचक प्रतिस्पर्धाबीच पराजित गरेका थिए ।

पहिलो सेमिफाइनलमा विश्व नं. खेलाडी नाडालले म्याटिओ बेरिटिनीलाई सहजै ३–१ सेटले पराजित गरेका थिए । नाडालले बेरिटिनीलाई ६–३, ६–२, र ६–३ ले पराजित गरेका थिए । बेरिटिनीले तेस्रो सेट ६–३ ले जितेका थिए ।

याे पनि पढ्नुहाेस्

राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश

चोटका कारण मुख्य प्रतियोगिता नखेलेका नाडालले यस वर्षको अस्ट्रेलियन ओपनमा भने पुनरागमन गरेका छन् । नाडालले यसअघि एक पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।
नाडालले हालसम्म २० वटा ग्रान्डस्लाम प्रतियोगिता जितिसकेका छन् । हालसम्म २० वटा ग्रान्डस्लामको उपाधि रोजर फेडरर र नोभाक जोकोभिचले जितेका छन् ।  

अर्को खेलमा रुसी विश्व वरियतामा दोस्रो नम्बरमा रहेका डानील मेडभेडेभले निकै कडा संघर्षबीच ग्रीसका स्टिफानो चिचिपासलाई ३–१ सेट अन्तरले पराजित गरे ।

अघिल्लो दिन क्यानडाका किशोर खेलाडी फेलिक्ससँग निकै संघर्ष गर्नु परेका मेडभेडेभले आजको खेलमा भने निकै उत्कृष्ट खेल प्रस्तुत गरेका थिए । पहिलो सेट जितेर अग्रता बनाएका मेडभेडेभ दोस्रो सेटमा भने चिचिपाससँग ६–४ ले पराजित भएका थिए ।

यहीबीच तेस्रो सेटको खेल चलिरहेको अवस्थामा मेडभेडेभको अम्पायरसँग भनाभन पनि भएको थियो । तर उनले आफ्नो लय गुमाएनन् । उनले तेस्रो र चौथो सेट लगातार जितेर समग्रमा ७–६, ६–४ र ६–१ ले खेल जिते ।

यसअघि मेडभेडेभले सन् २०२१ मा युएस ओपनमा विश्व नं. १ नोभाक जोकोभिचलाई पराजित गरेका थिए । सन् २०२१ को अस्ट्रेलियन ओपनमा उनी नोभाक जोकोभिचसँग पराजित भएका थिए भने २०१९ मा युएस ओपनमा राफायल नाडालसँग पराजित भएका थिए ।

नाडालले भने सन् २००९ मा एक पटक मात्र अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । यद्यपी उनी अरु चार पटक २०१२, २०१४, २०१७ र २०१९ मा फाइनलमा प्रवेश गरेका थिए ।

पुरुष एकल तर्फको फाइनल खेल आइतबार हुनेछ ।