४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

उप निर्वाचनमा काग्रेसका उम्मेदबार: इलाम-२ मा डम्बर खड्का ,बझाङ प्रदेशसभामा अभिषेक सिंह



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले इलाम-२ र बझाङको प्रदेशसभा सदस्यको उम्मेदवार तय गरेको छ ।

आज बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले इलाम-२ मा डम्बर खड्का ,बझाङ प्रदेशसभामा अभिषेक सिंहलाई उम्मेदबार बनाउने निर्णय गरेको छ ।

आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले दुबै उम्मेदबारका बारेमा औपचारिक निर्णय गर्नेछ ।

इलाम–२ मा एमालेबाट सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ उठ्ने भएका छन् । यस्तै, एकीकृत समाजवादीले जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ, पहिचानवादीबाट डगेन्द्रसिंह थेगिम उम्मेवार बनेका छन् ।

अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम सरकारमा कानूनमन्त्रीसमेत रहेका सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।