• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

गायक राजेश पायल राई मदिराले लठ्ठ अवस्थामा मध्यराति पक्राउ



काठमाडौं । चर्चित गायक राजेश पायल राई मदिराले लठ्ठ भएर होहल्ला गरेको आरोपमा गएराति पक्राउ परेका छन् । राईसहित तीन जना कलाकार र अरु पाँच जना पनि पक्राउ परेका छन् ।

काठमाडौंको अनामनगरस्थित मदनभण्डारी कलेज नजिकैबाटै उनीहरुलाई पक्राउ गरिएको हो ।

मध्यराति मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै पुगेको प्रहरी टोलीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।