• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

फोडेनको ह्याट्रिकमा सिटीको सानदार जित, रोमाञ्चक बन्दै प्रिमियर लिग उपाधि होड



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा सिटीले घरेलु मैदान इतिहाडमा एस्टन भिल्लामाथि ४–१ गोलको सहज जित निकालेको हो ।

सिटीलाई फराकिलो जित दिलाउन फिल फोडेनले ह्याट्रिक गरे भने एक गोल रोड्रीले थपे । भिल्लाका जोन डुरानले एक गोल फर्काए । सिटीले ११ औं मिनेटमा नै रोड्रीको गोलबाट अग्रता लिएको थियो ।

तर, डुरानले २० औं मिनेटमा गोल गर्दै भिल्लालाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि सिटीका फोडेन रोकिएनन् । उनले पहिलो हाफको इन्जुरी समयमा, ६२ औं मिनेटमा र ६९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे ।

जितसँगै ३० खेलबाट ६७ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ । एस्टन भिल्ला ३१ खेलबाट ५९ अंकसहित चौंथो स्थानमा छ ।