२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउँछुः प्रधानमन्त्री

खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउँछुः प्रधानमन्त्री
तस्बिर : प्रदीपराज वन्त/रासस
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्ने पक्षमा आफू रहेको पनि बताउनु भयो । उहाँले पुरस्कार दिन बाँकी रकम तत्काल निकासा हुने बताउनु भयो ।

उहाँले नेपालका लागि खेल क्षेत्र असाध्यै धेरै सम्भावना भएको क्षेत्र रहेको उल्लेख गर्नुभयो । उहाँले खेलकुद गतिविधिमार्फत ठूलाठूला युद्ध र मानव सिर्जित विपत्तिहरु समाधान भएको बताउनु भयो । उहाँले नेपाल सरकार खेलकुद क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरु प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न र संस्थागत तथा संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालका लागि खेल क्षेत्र असाध्यै धेरै सम्भावना भएको क्षेत्र हो । यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेलकुद गतिविधिमार्फत ठूलाठूला युद्ध र मानव सिर्जित विपत्तिहरु समाधान भएका छन् । ठूलाठूला द्वन्द्व र नरसंहारहरु खेलकै कारणले टरेका पनि छन् । खेलकुद गतिविधिमार्फत आपसी सहकार्य, विश्वास, विश्व भ्रातृत्व, पुनःमिलनका आधारहरु खडा भएको छन् । कयौँ देशहरुको एकतामा खेलले महत्वपूर्ण भुमिका खेलिरहेको छ । त्यसैले शारीरिक र मानसिक विकासका साथै अर्थतन्त्रको सुदृढिकरण, कुटनीतिक सन्तुलन, सहकार्य एवं देशको बहुआयामिक विकासका निम्ति यस क्षेत्रको भुमिका निर्णायक रहँदै आएको छ ।

मैले आफ्नो कार्यकालमा खेलकुद, साहित्य, कला र संगीतको क्षेत्रलाई उच्च महत्व दिएको छु । तसर्थ नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरु प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न, संस्थागत तथा संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध छ । खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउन मैले जोड गर्नेछु । खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्छ भन्ने पक्षमा म छु । केही अघि पनि बढाइसकेको छु । बाँकी छ भन्ने सुने मैले बाँकी तुरुन्तै निकासा गरिन्छ ।’

प्रधानमन्त्री दाहालले निकट भविष्यमा कतारका राजाले नेपाल भ्रमण गर्न लाग्नुभएको जानकारी गराउँदै भ्रमणलाई लक्षित गर्दै सरकारले क्षेत्र—क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा सम्झौताको तयारी गरिरहेको उल्लेख गर्नुभयो । उहाँले सम्झौता ऐतिहासिक हुने बताउनु भयो ।