• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउँछुः प्रधानमन्त्री



तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्ने पक्षमा आफू रहेको पनि बताउनु भयो । उहाँले पुरस्कार दिन बाँकी रकम तत्काल निकासा हुने बताउनु भयो ।

उहाँले नेपालका लागि खेल क्षेत्र असाध्यै धेरै सम्भावना भएको क्षेत्र रहेको उल्लेख गर्नुभयो । उहाँले खेलकुद गतिविधिमार्फत ठूलाठूला युद्ध र मानव सिर्जित विपत्तिहरु समाधान भएको बताउनु भयो । उहाँले नेपाल सरकार खेलकुद क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरु प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न र संस्थागत तथा संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालका लागि खेल क्षेत्र असाध्यै धेरै सम्भावना भएको क्षेत्र हो । यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेलकुद गतिविधिमार्फत ठूलाठूला युद्ध र मानव सिर्जित विपत्तिहरु समाधान भएका छन् । ठूलाठूला द्वन्द्व र नरसंहारहरु खेलकै कारणले टरेका पनि छन् । खेलकुद गतिविधिमार्फत आपसी सहकार्य, विश्वास, विश्व भ्रातृत्व, पुनःमिलनका आधारहरु खडा भएको छन् । कयौँ देशहरुको एकतामा खेलले महत्वपूर्ण भुमिका खेलिरहेको छ । त्यसैले शारीरिक र मानसिक विकासका साथै अर्थतन्त्रको सुदृढिकरण, कुटनीतिक सन्तुलन, सहकार्य एवं देशको बहुआयामिक विकासका निम्ति यस क्षेत्रको भुमिका निर्णायक रहँदै आएको छ ।

मैले आफ्नो कार्यकालमा खेलकुद, साहित्य, कला र संगीतको क्षेत्रलाई उच्च महत्व दिएको छु । तसर्थ नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरु प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न, संस्थागत तथा संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध छ । खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउन मैले जोड गर्नेछु । खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्छ भन्ने पक्षमा म छु । केही अघि पनि बढाइसकेको छु । बाँकी छ भन्ने सुने मैले बाँकी तुरुन्तै निकासा गरिन्छ ।’

प्रधानमन्त्री दाहालले निकट भविष्यमा कतारका राजाले नेपाल भ्रमण गर्न लाग्नुभएको जानकारी गराउँदै भ्रमणलाई लक्षित गर्दै सरकारले क्षेत्र—क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा सम्झौताको तयारी गरिरहेको उल्लेख गर्नुभयो । उहाँले सम्झौता ऐतिहासिक हुने बताउनु भयो ।