• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   रास्वपा संसदीय दलको बैठक जारी ★   बूढानीलकण्ठमा सुन लुटपाट गर्ने दुई पक्राउ ★   नरभक्षी बाघ मर्‍यो ★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली

इलाम–२ उपनिर्वाचनको उम्मेदवार आजै टुंगिन्छ: प्रवक्ता महत



काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाम निर्वाचन क्षेत्र नं. २ मा काँग्रेसको तर्फबाट उम्मेदवार आज(बुधवार) टुंगिने बताउनुभएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता महतले इलाम क्षेत्र नं. २ को उपनिर्वाचनका लागि नेपाली काँग्रेसले आजै(बुधवार नै) उम्मेदवार तय गर्ने बताउनुभएको हो । उहाँले अब उम्मेदवार चयन गर्न ढिला गर्नु आवश्यक नभएको बताउनु भयो । त्यस्तै उहाँले नेपाली काँग्रेसजस्तो संसदीय मर्यादामा चल्ने अरु कुनै पार्टी नभएको बताउनु भयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले ठूला ठूला कुरा गरेपनि उहाँहरुलाई कुनै मर्यादाको बारेमा थाहा नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘धेरै ढिलो गर्ने काम छैन । आज टुंगिन्छ । नेपाली काँग्रेसजस्तो संसदीय मर्यादामा चल्ने पार्टी कुनैपनि छैन । अहिलेसम्मको संसदीय इतिहासको रेकर्डलाई हेरे हुन्छ । उहाँहरुलाई न संसदीय व्यवस्थाको अनुभव छ । उहाँहरु ठुला ठुला कुरा गर्नुहुन्छ । उहाँहरुलाई कुनै मर्यादाको बारेमा थाहा छैन । हामीले कुनैपनि विषयमा प्रश्न उठ्नेबित्तिकै राजीनामा दिएको इतिहास छ । उहाँ स्पष्ट रुपमा संलग्न हुनुहुन्थ्यो सहकारी प्रकरणमा । स्पष्ट देखिएको छ । हामीले त राजीनामा पनि भनिराखेका छैनौँ । छानविन समिति बनोस् । छानविन समितिले जे निष्कर्ष निस्किन्छ, उहाँ दोषि देखिनु भयो भने त्यसबेला राजीनामा हो । त्यसकारण छानविन समिति बनाउन किन आपत्ति ? यो नगर्नुको कारण के स्पष्ट छ भने उहाँको संलग्नता छ ।’

प्रवक्ता महतले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नता भएका कारण संसदीय छानविन समिति बनाउन तयार नभएको बताउनु भयो ।