३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्रीमाथि काँग्रेस सांसदको आरोप: प्रशिक्षार्थी कर्मचारीको नाममा आसेपासेलाई जागिर खुवाउने प्रपञ्च रचियो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी कर्मचारीको नाममा आसेपासेलाई जागिर खुवाउने प्रपञ्चअन्तर्गत प्रशिक्षार्थी कर्मचारी सम्बन्धी कार्यविधि जारी गर्नुभएको आरोप लगाउनुभएको छ ।

बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले शिक्षामन्त्री अमुक विद्यालयको प्रचारमा सिमित भएको बताउनु भयो । उहाँले प्रशिक्षार्थी कर्मचारी भर्ना गर्नु भनेको सरकारी कर्मचारीमाथिको अविश्वास भएको बताउनु भयो । उहाँले कार्यविधि तत्काल खारेज गर्न माग गर्नुभयो । उहाँले नि:शुल्क शिक्षाको अधिकारको कुरा कागजमा मात्रै सिमित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नि:शुल्क शिक्षाको अधिकारको कुरा कागजमा मात्रै सिमित भएको अवस्था छ । अनेक स्टन्ट गर्ने शिक्षामन्त्री कुनै अमुक विद्यालयको मात्रै प्रचार गरिरहनुभएको छ । उहाँले अभिभावकको दु:ख देख्नुहुन्न । विद्यालयमा भर्ना भएको नाममा लुट देख्नुहुन्न, विद्यालयमा छात्रवृत्तिमा पहुँचवालाका कारण वास्तविक लक्षित वर्ग वञ्चित भएको देख्नुहुन्न । अरु कसरी चोर बाटोबाट कर्मचारी भर्ना गर्न सकिन्छ भन्नेमात्र ध्यान उहाँमा रहेको छ । त्यसैले उहाँले हालै प्रशिक्षार्थी कर्मचारी सम्बन्धी कार्यविधि जारी गर्नुभएको थियो । यो प्रशिक्षार्थीको नाममा आफ्नो आसेपासेलाई जागिर खुवाउने प्रपञ्च मात्रै हो । यो सरकारी कर्मचारीमाथिको अविश्वास हो । यो कार्यविधि खारेज होस् ।’

सांसद बस्नेतले सरकारी विद्यालयको शिक्षाको गुणस्तर उकास्न सरकारले आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले देशमा प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी महानिरीक्षक आफैँ न्यायाधीश बन्ने गरेको आरोप लगाउनु भयो ।