३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

समितिमा रहेका विधेयकहरु निश्चित समयमा संसदमा आउनैपर्ने व्यवस्था गरौँ: सांसद दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसदीय समितिहरुमा अड्किएका विधेयकहरु निश्चित समयमा प्रतिनिधि सभामा आउनैपर्ने कार्यतालिका बनाउनुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले विभिन्न संसदीय समितिहरुमा विधेयकहरु अड्किएको बताउनुभएको हो । उहाँले कुन समस्याका कारण समितिमा विधेयकहरु अड्किएका हुन् भन्ने सम्बन्धमा समिति सभापतिहरुसँग सभामुखले बुझ्नुपर्ने बताउनु भयो । उहाँले समितिहरुमा अड्किएका विधेयकहरु निश्चित समयमा प्रतिनिधि सभामा आउनुपर्ने कार्यतालिका बनाएर अगाडी बढ्न सभामुखलाई आग्रह गर्नुभयो । उहाँले संविधानले व्यवस्था गरेको मौलिक हकको कार्यान्वयन गर्नका लागि चुकिरहेको भन्दै विगतको जस्तैगरी सरकार र संसद सञ्चालन गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मेरो सभामुखलाई विनम्र अनुरोध छ, समिति सभापतिज्युहरुसँग सभामुखज्युले बैठक बोलाउनुपर्‍यो । कुन समितिमा किन त्यो विधेयक अड्किएको छ, त्यो विधेयक किन फेरि सदनमा फर्किएर आउँदैन ? समस्या के–के हुन् ? समस्या समाधान हामीले नै गर्ने हो । कुनैपनि हालतमा ति विधेयकहरु निश्चित समय कार्यतालिका बनाएर तिनीहरु संसदीय समितिबाट सदनमा आउने बाटो खोल्ने पहलका निम्ति म सभामुखज्युलाई हार्दिक अनुरोध गर्दछु ।’

‘त्यसैगरी सदनमा प्रश्तुत भएका विधेयकहरुमा हामीले सार्थक बहस गर्नुपर्ने छ, परिमार्जनसहित पास गर्नुपर्नेछ । संविधान निर्माण भएको ८ वर्षमा संघीयता कार्यान्वयन गर्नेकुरा, संविधानमा व्यवस्था भएको मौलिक हकको व्यवहारिक कार्यान्वयन गर्ने प्रक्रियामा हामी चुकेका छौँ । विगतको सदन, विगतको सरकार जसरी सञ्चालन भएको थियो । विगतका सत्ताको संरचना जसरी सञ्चालन भइरहेका थिए त्यसैगरी सदन सञ्चालन गर्‍यौँ । त्यसैगरी सरकार सञ्चालन गर्‍यौँ । त्यसैगरी सत्ता अन्तर्गतका संरचनाहरुको सञ्चालन गर्‍यौँ भने हाम्रा समस्याहरुको समाधान हुँदैन ।’

उहाँले रणनीतिक सडकहरु र वैकल्पिक लोकमार्गहरु अलपत्र अवस्थामा रहेका भन्दै ति आयोजनाहरुलाई यसै आर्थिक वर्षमा सुुचारु गर्नेगरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।