२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले वन्यजन्तु आरक्ष पीडितको समस्या तत्काल सम्बोधन गर्नुपर्छ: एमाले सांसद तामाङ



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का सांसद तारा लामा तामाङले वन्यजन्तु आरक्ष पीडितका लागि तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले कञ्चनपुरलगायतका वन्यजन्तु आरक्ष पीडितहरुको समस्या सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभएको हो । सांसद तामाङलेसो सम्बन्धि समस्या पहिचानका लागि गठित न्यायिक समितिलाई अधिकार सम्पन्न बनाई कार्यादेश दिन पनि सरकारलाई दवाव दिनु भयो । सांसद तामाङले सरकारले आरक्ष पीडितहरुको समस्या समाधानका लागि गम्भिर नभएको र जनप्रतिनिधिको रुपमा आफूहरुले उठाएको मागलाई सम्बोधन गर्ने प्रयास समेत नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो आयोगलाई छिटोभन्दा छिटो सुविधा सम्पन्न बनाई निश्चित समय भित्र सम्पन्न गर्नेगरी सरकारले अख्तियारी देओस् । र अर्थ मन्त्रालयले बजेटको व्यवस्थापन गरोस् । म विनम्रतापूर्वक समामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि आरक्ष पीडितहरुको समस्या छिटोभन्दा छिटो समाचन गर्न त्यो न्यायिक आयोगलाई छिटोभन्दा छिटो अधिकार सम्पन्न बनाई, स्रोत सम्पन्न बनाई पठाईयोस् । त्यो अहिलेसम्म कार्यक्षेत्रमा पुगेको छैन ।’

सांसद तामाङले देशहरुका आरक्ष पीडितहरुले वन्यजन्तुको मार समेत व्यहोर्नु परिरहेकोतर्फ सरकार सचेत नभएको भन्दै आपत्ति समेत जनाउनु भयो ।