२८ श्रावण २०८३, बिहीबार
,
Latest
रोल्पामा पहिरोः मृत्यु हुनेको संख्या तीन पुग्यो, नौ जना अझै बेपत्ता आजदेखि विधिवत् सुरु भयो नेवार समुदायको धार्मिक पर्व ‘गुँला’ (फाेटाे फिचर) पत्रकार श्रेष्ठको गिरफ्तारी र ‘जनआस्था’ कार्यालयमा प्रहरी छापा निन्दनीय : मानव अधिकार तथा शान्ति समाज कोलोम्बिया भूकम्पः मृतकको संख्या २६५ पुग्यो, आर्थिक संकटकाल घोषणा गरिँदै रोल्पा बोटलबारा पहिरा अपडेट : १० जना बेपत्ता, खोजी जारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली ‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’ आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन सम्पादक किशोर श्रेष्ठको निवास र जनआस्थाको कार्यालयमा प्रहरीको छापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज कोलकाता र दिल्ली भिड्दै, यस्तो छ हेड-टु-हेड



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा आज कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स भिड्दैछन् । विशाखापट्टनमको डा वाईएस राजशेखर रेड्डी क्रिकेट स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेदेखि सुरु हुनेछ ।

जारी सिजनमा आज तेस्रो खेल खेल्न लागेको कोलकाताले सुरुवाती दुवै खेल जितेको थियो । केकेआरले पहिलो खेलमा सनराइजर्स हैदरावादलाई र दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई हराएको थियो ।

टोलीका लागि ओपनर फिल साल्टले सर्वाधिक रन बनाएका छन् । उनले २ खेलमा ८४ रन बनाएका छन् । बलरमध्ये हर्षित रानाले सर्वाधिक ५ विकेट लिएका छन् ।

दिल्लीले जारी सिजनमा ३ खेल खेलेकोमा एकमा जित र दुई खेलमा हार बेहोरेको छ । दिल्ली पहिलो खेलमा पञ्जाब किंग्स र दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो । टोलीले तेस्रो खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गर्दै सिजनको पहिलो जित दर्ता गरेको थियो ।

दिल्लीका लागि ओपनर डेभिड वार्नर सर्वाधिक रन बनाएका छन् । उनले तीन खेलमा एक अर्धशतकको सहयोगमा १३० रन बनाएका छन् । खलिल अहमदले पाँच विकेट लिएका छन् ।

हेड-टु-हेड

आईपीएलमा दिल्ली र कोलकाताबीच कडा प्रतिस्पर्धा भइरहेको छ । यी दुईबीच हालसम्म कुल ३२ खेल भएका छन् जसमा कोलकाताले १६ र दिल्लीले १५ खेल जितेका छन् । दुवै टोली पहिलो पटक विशाखापट्टनममा आमनेसामने हुँदैछन् ।

कोलकाता नाइट राइडर्सको सम्भावित प्लेईङ ११:

श्रेयस अय्यर (कप्तान), वेंकटेश अय्यर, फिल साल्ट, रिंकु सिंह, सुनील नारायण, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, अनुकुल रोय, हर्षित राना र वरुण चक्रवर्ती।
इम्पैक्ट खेलाडी: सुयश शर्मा, अङ्क्रिश रघुवंशी।

दिल्ली क्यापिटल्सको सम्भावित प्लेईङ ११:

ऋषभ पन्त (कप्तान र विकेटकीपर), डेभिड वार्नर, पृथ्वी शा, मिचेल मार्स, ट्रिस्टन स्टब्स, अक्षर पटेल, अभिषेक पोरेल, कुलदीप यादव, एनरिक नोर्त्या, खलील अहमद र मुकेश कुमार।
इम्पैक्ट प्लेयर: इशान्त शर्मा।