४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानले आफ्ना नागरिकलाई भन्यो ‘नेपालका कुनै पनि राजनीतिक गतिविधिमा सामेल नहुनु’



अ+ अ-

टोकियो । जापानले नेपालमा भएका पछिल्ला राजनीतिक गतिविधिहरु प्रति चासो राख्दै आफ्ना नागरिकहरुलाई सुरक्षित रहन आग्रह गरेको छ । 

नेकपाका दुवै पक्ष (ओली र दाहाल-नेपाल समूह) को आयोजनामा पछिल्लो समय नेपालका विभिन्न ठाउमा भैरहेका प्रदर्शन र सभा सम्मेलनहरु बारे जापानको विदेश मन्त्रालयले अघिल्लो महिना देखिनै नियमित सूचना जारी गर्दै नागरिकहरुलाई सुरक्षित रहन र कुनै पनि माध्यमबाट राजनीतिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो । 

छोटो समयका लागि नेपालमा रहेका वा नेपालमै बसोबास गरिरहेका जापानी नागरिकहरु त्यहाँका राजनीतिक गतिविधिमा संलग्न हुनु नियमसंगत नहुने भन्दै  मन्त्रालयले यस्तो भएमा प्रहरीले पक्राउ गर्न सक्ने भन्दै आफ्ना नागरिकलाई सचेत गराएको हो ।

विदेश मन्त्रालयले फेब्रुअरी ३ मा जारी गरेको सूचनामा १० गते संबैधानिक नियुक्त्तिका बिरुद्द दाहाल-नेपाल समुहले काठमाडौंमा बिरोध परदर्शन गर्न लागेको जनाएको छ । त्यस्तै ४ तारिख सूचना जारी गर्दै ५ गते ओली समुहले काठमाडौंमा भेलाको आयोजना गरेको र दुवै समूहबीच झडप हुन सक्ने सम्भावना समेत रहेकाले आफ्ना नागरिकहरुलाई सुरक्षित रहन र घटनाक्रमहरु बारे नियमित अपडेट भैरहन आग्रह गरेको छ । 

यस अघि नुवाकोटमा भएको घटनाबारे उल्लेख गर्दै बिदेश मन्त्रालयले भनेको छ 'अरु ठाउँहरुमा पनि दुई पक्षबीच झडपको सम्भावना रहेकाले सजक रहनुहोला'। जापानको बिदेश मत्रालयले यस्ता प्रदर्शनले कोरोना सक्रमणको जिखिमलाई बढवा दिने बताउँदै आफ्ना नगरिकहरुलाई यस्ता भिडभाडबाट टाढा रहन समेत आग्रह गरेको छ । 

यस्ता प्रदर्शन भविष्यमा पनि नियमित हुने सम्भावना देखिएकाले नेपालमा रहेका जापानी नागरिकहरुलाई दुतावासको सम्पर्कमा आउन आग्रह गरेको छ । उसले भनेको छ 'हामी नेपालमा बसोबास गरिरहेका सम्पूर्ण नागरिक (जापानी) लाई दुतावासको सम्पर्कमा आउन आग्रह गर्दछौँ' ।