• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

नेकपाको आमसभा सुरु हुदै, प्रधानमन्त्री सहित चार नेताले सम्बोधन गर्ने



काठमाडौ ।  प्रधानमन्त्री केपी ओली नेतृत्वमा रहेको नेकपाले दरबार मार्गमा गर्ने आमसभाको तयारी पुरा भएको  छ । सभामा लागि काठमाण्डौका बिभिन्न स्थानबाट जुलुसहरु दरबारमार्ग आउनेक्रम जारी रहेको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सभालाइ प्रमुख बक्ताका रुपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने छ भने उपप्रधानमन्त्री ईश्वर पोखेरल, गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले पनि सम्बोधन गर्नुहुने छ । 

नेता कृष्णगोपाल श्रेष्ठलेको सभापतित्वमा संञ्चालन हुने सभालाई बाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले संञ्चालन गर्ने र नेतृ पार्वती रावलले स्बागत गर्नुहुने छ । सभामा ‘कोभिडको महामारीलाई  ध्यान दिदै २ लाख मास्क वितरण गर्ने र  त्रि–चन्द्र क्याम्पसमा रक्तदान कार्यक्रमको समेत राखेको छ ।