• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

सभामुखले राष्ट्रपति सहित अन्य बिरुद्ध दायर गरेको रिटको पेशी आईतबार



काठमाडौं । संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिटको पेशी आईतबारका लागि तोकिएको छ । 

रिट निबेदन लिएर सर्बोच्च अदालत आफै पुग्नु भएका सपकोटाले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश,  राष्ट्रियसभा अध्यक्ष, मुख्य सचिव शंकरदास वैरागी र शपथग्रहण गरेका ३२ जना संवैधानिक अंगका प्रमुख र सदस्यहरू सहित ३७ जना  लाई विपक्षी बनाउनु भएको छ । सरकारको निर्णइए बिरुद्ध सभामुख आर्फ सर्बोच्च अदालतमा रिट दर्ता गर्न पुगेको यो पहिलो घटना हो ।

सभामसख सापकोटासंगै शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै विघटित प्रतिनिधिसभाका सदस्यहरू शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापा पनि सर्बोच्च अदालत पुग्नु भएको छ ।