२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशङ्कामा युवक पक्राउ



सांकेतिक तस्बिर ।
अ+ अ-

बरहथवा । सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन् ।

मङ्गलबार राति बागमती नगरपालिका–४, जिरायत निवासी ७० वर्षीया पार्वती महतो आफ्नै घरमा मृत फेला परेकी हुन् । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली र इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख अनिलराज गिरीको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घटना शङ्कास्पद देखिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा वृद्धाको हत्या भएको शङ्का लागेकाले अनुसन्धानका लागि एक युवकलाई समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

मृतक वृद्धाको अनुहारमा चोट देखिएको र नजिकै रगत लागेको अवस्थामा काठको टुक्रा पनि बरामद भएको प्रहरीले जनाएको हो । प्रहरीले सिसी क्यामेराका आधारमा अनुसन्धान गर्दा अन्दाजी २८/३० वर्षका युवक पक्राउ परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

अनुसन्धान नसकिएकाले युवकको परिचय गोप्य राखिएको प्रहरीले जनाएको हो । वृद्धाको शव शवपरीक्षणका लागि जिल्लास्थित प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ । रासस