• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

आयरल्यान्ड ए ले नेपाललाई दियो १५८ रनको लक्ष्य, कमलसिंह ऐरीको ह्याट्रिक



काठमाडौं । कमलसिंह ऐरीको ह्याट्रिकसँगै आयरल्यान्ड ए ले पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल ए लाई १५८ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस‍ जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रनमा अलआउट भयो ।

आयरल्यान्ड ए का केड कार्माइकलले ७७ बलमा ४ चौकासहित सर्वाधिक ५१ रन बनाए । यस्तै, निल रकले ३९ रन जोडे । ओपनर जेम्श म्याकुलम र स्टेफन डोहेनीले १२–१२ रन जोड्दा पिटर मुरले २१ रनको योगदान दिए ।

नेपालका कमलसिंह ऐरीले ६.३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिए । कमलले ३९ औं ओभरको पहिलो बलमा लियाम म्याकार्थीलाई, दोस्रो बलमा म्याथ्यु हम्फ्रेज र तेस्रो बलमा बेन ह्वाइटलाई बोल्ड गर्दै ह्याट्रिक लिन सफल भए ।

यस्तै, मौसम ढकाल र साहब आलमले दुई–दुई तथा रिजन ढकालले एक सफलता हात पारे ।