३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा एकपछि अर्को रेकर्ड, तोलामा कति पुग्यो ?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाएको छ । मंगलबार सामान्य घटेको सुनको मूल्यले बुधबार फेरि नयाँ रेकर्ड बनाएको हो ।

बुधबार सुन अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँले बढेर हालसम्म कै उच्च प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारेबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजार पुगि नयाँ रेकर्ड बनाएको थियो । आइतबार को रेकर्ड तोड्दै सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ कायम भई उच्च मूल्यमा कारोबार भएको थियो ।

मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरेको सुन बुधबार फेरि १८ सयले बढेर नयाँ रेकर्ड बनाएको हो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख ३० हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ६५ रूपैयाँले बढेर प्रतितोला एक हजार छ सय १० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।