२० माघ २०८१, आईतवार
,
Latest
पाटेबाघ मृत फेला ‘एआई’ प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र ज्ञान निकेतन, नेरिक र रोज बडलाई इनोभेटिभ कप सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, चारको कारबाही फुकुवा सुदूरपश्चिममा एमालेका पाँच नेता पार्टीबाट निष्कासित नक्कली नोट सहित एक जना पक्राउ ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार काँग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु मुलुक बर्बाद पार्ने कार्यमा सहभागि हुनु…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वयुवराज्ञी हिमानी शाहले अमेरिका पुगेर गरिने मुक्तिनाथ धामको पूजा अर्चना (फाेटाे फिचर)



अ+ अ-

पूर्वयुवराज्ञी हिमानी शाहले अमेरिकाको क्यालिफोर्नियास्थित बेएरियास्थित मुक्तेश्वर महादेवमा रहेको मुक्तिनाथ धामको पूजाअर्चना गर्नुभएको छ । यो नेपाल बाहिर स्थापित पहिलो मुक्तिनाथ धाम हो ।

हिमानी ट्रस्टकी संरक्षकसमेत रहेकी पूर्वयुवराज्ञी हिमानीले नेपाली धर्म संस्कृतिको संरक्षणका लागि देशभित्र वा बाहिर जहाँसुकै हुने काममा आफ्नो परिवारको सहयोग हुने बताउनुभयो । ‘प्रवासी भूमिमा पनि नेपाल र नेपालीको पहिचान उच्च राख्ने कार्य प्रशंसनीय छ, यस अनुकरणीय कार्यलाई मैले आफ्नो स्मृतिपटलमा सदाका लागि सजाएकी छु’ मुक्तिनाथ धाम सञ्चालन परिवारबाट अभिनन्दित समेत हुनुभएकी शाहले भन्नुभयो ।

दुई घण्टाभन्दा बढी समय मुक्तिनाथ धाममा विताएकी पूर्वयुवराज्ञी शाहको स्वागत गर्दै मुक्तिनाथ धाम निर्माण समितिका अध्यक्ष अनिल पाण्डेले नेपाल निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने पृथ्वीनारायण शाहका उत्तराधिकारी परिवारका सदस्यको पूजापाठका कारण यस धामको महिमा अभिवृद्धि भएको बताउनुभयो । अध्यक्ष पाण्डेले कार्यक्रमको अन्त्यमा शाहको लिखित अभिनन्दन पनि गर्नुभएको थियो ।

वरिष्ठ उपाध्यक्ष पशुपति कँडेलको नेतृत्वमा रहेको समूहले मुक्तिनाथको भजनका साथ शाहको स्वागत गर्दै आरम्भ भएको कार्यक्रममा सुजल शर्माको स्वागत मन्तव्य, सुजाता अर्याल लगायतका महिला समूहको स्वागत, पञ्चकन्याद्वारा पुष्पगुच्छा अर्पण, हिन्दु र बौद्ध धर्मअनुसार पूजा–अर्चना र शान्तिपाठ गरिएको थियो । कार्यक्रममा ६०० भन्दा बढी नेपाली तथा अमेरिकी सहभागी थिए ।

फोटो- मदरल्याण्ड नेपाल