५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

म पनि त्यस्तै छु, सोझो भन्ने कि लाटो ?: प्रचण्ड

म पनि त्यस्तै छु, सोझो भन्ने कि  लाटो ?: प्रचण्ड
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम प्रधानमन्त्री केपी ओलीले गरेको बताउनुभएको छ ।

काठमाण्डौमा शुक्रबार बिहान पत्रकासंगको छलफलमा अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम केपी ओली मार्फत सबै देश भित्र र बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुले गरेको बताउनुभएको हो । यद्यपी गल्ती कमजोरीलाई सच्याउदै नेकपा पार्टीलाई बहुमतको दिशामा ल्याउन सकिन्छ भन्ने विश्वासका साथ अघि बढेको उहाँले स्पष्ट पार्नुभयो । विस्तारै कार्यकर्ताहरुले सही गलत छुट्याउन थालेकाले निरास हुने अवस्था नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “मुलुकमा ठूलो खतरा पैदा भएको छ । कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम केपी ओली मार्फत सबै देशभित्र बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुले गरे ।  केपी जीले आत्मसमर्पण गरेकै हो । ”

उहाँले लोकतन्त्रको रक्षा हुन्छ कि हुदैन भन्ने प्रश्न नै मुल प्रश्न भएको भन्दै संविधान कुल्चिएर असंवैधानिक बाटो हिड्ने सरकारको कदम नसच्चीए तेस्रो जनआन्दोलन हुन सक्ने संकेत गर्नुभयो ।

उहाँले भन्नुभयो “सरकारले संसद विघटन गरेर मुलुकलाई ठूलो राजनीतिक र संबैधानिक संकटमा धकेल्ने काम गरेको छ । प्रकारान्तले यो फेरी देशमा गृहयुद्ध होस् भन्ने चाहेको हो केपी ओली जिले ? यो संविधानलाई कुल्चिने भनेको शान्तिलाई पनि कुल्चिने भन्या हो । शान्ति र आन्दोलनको पर्यायको रुपमा आएको संविधानलाई कुल्चिनु भनेको शान्ति भंग गर्ने कुरा पनि हो । लोकतन्त्रको हत्या गर्ने भनेको अराजकताको सुरुवात गर्ने भनेको पनि हो । यदि राज्य र नेतृत्वले दुर्घटनातिर देश लग्यो भने त फेरि कहीँ न कहीँबाट कोही न कोहीले अराजकताबाट फाइदा उठाउँछ । अतिवाद आउन सक्छ । विषय यसअर्थमा गम्भीर देख्छु । केपीले निर्णय गरे प्रचण्ड माधवले विरोध गरे । सामन्य छ भन्या जस्तो होइन । शान्ति र संविधानसंग जोडिएको विषय भएकाले तेश्रो जनआन्दोलन हुन्छ हुदैन भन्दा नि यो इसुलाई सच्याईन्छ कि सच्याईदैन भन्ने हो ।”

उहाँले पार्टी विधान विपरित प्रधानमन्त्री ओलीले एकपक्षीय ढंगले आफु एक नम्बरको अध्यक्ष भन्दै हिडेको बताउनुभयो । महाधिवेशन सम्म दुई अध्यक्ष राख्नै पर्ने व्यवस्था रहेपनि  १ र २ नम्बरको अध्यक्ष भन्ने व्यवस्था नभएको र बराबरी हैसियत भएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “यो विचित्रको कुरा गरेका छन् केपी जीले । निर्वाचन आयोगमा पनि मै हो एक नम्बरको भनेका छन् । एक दुई भन्ने कहीँ पनि छैन । पहिलाको सहमति पनि दुईवटा बराबरी भन्ने हो । विधानमा पनि दुईवटा बराबरी भन्ने नै हो हैसियत, अधिकार । जबरजस्ती उनले आफूलाई एक नम्बर बनाएका छन् । म पनि त्यस्तै छु । सोझो भन्ने कि ? लाटो भन्ने कि ? भावुक भन्ने कि ? उदार भन्ने की ? तपाई भन्दा तीनवटा भोटा मैले बढी फटाएको छु । मलाई १ मा राखिदिनुन त, के भो त ? भने पछि मैले मान्दिएँ । निर्वाचन आयोगमा १ नम्बर भन्नुहुन्छ भन्ने भएको भए । ज्यान जाला मान्दिैनथेँ ।”

उहाँले सरकार संविधान, नियम कानुन उलंघन गर्दे गुण्डागर्दी शैलीमा अघि बढेको आरोप लगाउनुभयो । आफु एमसीसीको समर्थनमा नगएका र पार्टीले पनि निर्णय नगरिसकेको स्पष्ट पार्नुभयो । सरकारका असंबैधानिक कार्यशैलीको विरोधमा आमहड्ताल आव्हान गरिएकाले त्यसैमा केन्द्रीत हुन आफुले कार्यकर्तालाई भनेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “संबैधानिक परिषद्मा भएको ज्यादतीपूर्ण निर्णय । म त भन्छु त्यो त गुण्डागर्दी टाईपको छ । पत्रकार साथीहरु इो सामान्य खालको छैन । नसुनुवाई छ । सुनुवाई समिति छैन । सभामुखले यो सुनुवाई समिति पनि नभएको, प्रक्रिया पनी नपुगेको भनेर फिर्ता पठाएको स्थिति छ । यो बेला १० थरीका नारा लगाउनु भन्दा नारा जे आन्दोलन को ठोस कार्यक्रमको हो त्यही केन्द्रीत गरौ भन्या हो मैले । त्यसको अर्थ म एमसीसी(मिलिनियम च्यालेन्ज कर्पोरेसन) को समर्थनमा गएँ । मैले नीति बदलेँ भन्ने कुरा होइन ।”

पत्रकार सम्मेलनमा अर्का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदममा आफुहरु तमासे नबन्ने चेतावनी दिनुभयो । उहाँले कानून र विधिको शासन कायम राख्न राज्य कब्जामा लिने ओलीको कदम विरुद्ध शसक्त आन्दोलन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “ केपी ओलीले जे जे गर्छन् खुरु खुरु मभानेर तमासा हेरेर बस्ने वाला छैनौ । यो सबै स्थितिको श्रृजना गर्ने कारक तत्व भनेको केपी ओली जी नै हो । ओलीले पार्टीबाट सुरु गरे राजइलाई आफ्नो कब्जामा पार्ने कोशिष गर्न थालेका छन् । यो पनि गरे र यो सिंगो देशको प्रजातन्त्रको घाँटी निमोठ्दै निमोठ्दै गईरहेका छन् । त्यसैले यो नेकपा भित्रको मात्रै आन्तरिक मामिला होइन । देश, लोकतन्त्र, संविधान, विधिा र कानूनी शासनको कुरा हो । ”

संसदीय सुनुवाई विना नै संबैधानिक निकायका पदाधिकारी नियुक्त गर्ने निर्णय विरुद्ध विहिबार देशव्यापी आमहड्ताल गरेको प्रचण्ड माधव समूहले आन्दोलनका कारण सर्वसाधरण परेको समस्या प्रति क्षमा माग्दै सफल पार्न सहयोग गरेकोमा धन्यवाद पनि दिए ।