५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

प्रधानमन्त्रीको प्रश्न – के प्रचण्डले नरभक्षी आन्दोलन गर्न खोजेको हो ?

प्रधानमन्त्रीको प्रश्न – के प्रचण्डले नरभक्षी आन्दोलन गर्न खोजेको हो ?
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रचण्डले नरभक्षी आन्दोलन गर्न खोजेको आरोप लगाएका छन् । उनले भने- प्रचण्ड–माधव समुहले नरभक्षी आन्दोलन गर्न खोजेको भन्ने लागेको छ, तर सरकारले कदापि त्यसो हुन दिँदैन । 

यसअघि पटक पटक प्रचण्डले शाकाहारी आन्दोलनले नहुने र मांशाहारी आन्दोलन गरेको भनेको प्रसंग उल्लेख गर्दै भने- त्यो भनेको के नरभक्षी आन्दोलन गर्न खोजेको हो ? के त्यसो भए प्रचण्डजीहरु नरभक्षी आन्दोलन गर्न खोज्दै हुनुहुन्छ ? 

काठमडौंको दरबारमार्गमा आयोजित नेकपाको ओली समूहको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने- उहाँहरु भन्नुहुन्छ, अब शाकाहारी आन्दोलनलाई हुदैन भनेर । शाहाकारी आन्दोलन हुदैन भनेको के हो ? चिकेन चिल्लि खान्छु भन्या हो ? उहाँले नरभक्षी आन्दोलन गर्न खोजेको हो ? म उहाँहहरुलाई भन्दिन चाहन्छु नरभक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्तैन । 

प्रधानमन्त्री ओलीले प्रचण्ड माधव समूहले तथाकथित नेपाल बन्द गरेर श्रमजीवीका लागि काम गर्ने भन्नेहरुले तरकारी छरेर, गाडी जलाएर क्रान्ति गर्न खोजेको भन्दै प्रचण्ड—माधव समूहलाई व्यंग्य पनि गरे । 

सो सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुलाई काम गर्न नदिएपछि ताजा जनादेशमा गएको दाबी गरे । जनताले सरकारलाई ५ बर्ष काम गर्ने म्याण्डेड दिएको भएपनि प्रचण्ड–माधव समुहले व्यवधान गरेकाले संसद विघटन गरी ताजा जनादेशमा गएको उनले स्पष्ट पारे ।