२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नाटक होकि नौटन्की हो’ सार्वजनिक भएपछि चर्चामा



अ+ अ-

काठमाडौं । नेपालमा दुई समुहबीच राजनीतिक द्वन्द भएको स्थितिमा प्रयोग भएका दुई शब्द नाटक्कै हो र नौटङ्की नै हो भन्ने भिडियो चर्चामा आइरहेको अबस्थामा 'नाटक होकि नौटन्की हो' भन्ने म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत समयसामयिक अवस्थाको बारेमा व्यंग्यात्मक तरिकाले प्रस्तुत गरिएको हो । 

प्रदिप पोख्रेलको शब्दमा रहेको गीतले 'जुन जोगी आए पनि कानै चिरेको' भन्ने उखानलाई प्रयोग गरि प्रधानमन्त्री ओली र प्रचण्ड बिचको द्वन्दले देशमा शान्ति नभई अशान्ति फैल्याउने प्रष्ट पारेको छ । उनले गीत मार्फत 'सचेत नागरिक बनौ' भन्ने सन्देश दिएका छन् । 

पोख्रेलको शब्द रहेको गीतको लय र सम्पादन महेश बिक्रम पाण्डेले गरेका छन् । गायक अर्जुन सापकोटा, महेश बिक्रम पान्डे, नर्बदा लकन्तरी र रिता थापाको स्वर रहेको उक्त गीत चर्चामा आएको छ । यस गीतको भिडियोमा अर्जुन सापकोटा, नर्बदा लकन्तरी,  रिता थापाको अभिनय रहेको छ । मदन खड्काले निर्देशन गरेको भिडियोलाई दुर्गा श्रेष्ठले  कैद गरेका छ्न् । सो गितको पुनम अडियो भिडियोले बजार ब्यास्थापन गरेको छ ।