४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १०५ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौँ । शुक्रबार १०५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ७९९ पीसीआर परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको हो । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ७०७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७२ जना निको भइ डिस्चार्ज भएसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६७ हजार ५६४ पुगेको छ । सक्रिय संक्रमितको संख्या २ हजार १०८ छ भने क्वारेन्टाइनमा ९२ जना रहेका छन् । 

मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । हालसम्म २० लाख ८८ हजार ३७२ पीसीआर परीक्षण भएका छन् ।