हुम्ला । बिहीबार रातिदेखि परेको हिमपातले जनजीवन अस्तव्यस्त भएको छ । अहिलेसम्म हिमपात नरोकिएका कारण दक्षिण र उत्तरी भेगमा आवतजावत पनि रोकिएको छ ।
नेपालगञ्ज र सुर्खेतका हवाई उडान पनि बिहानदेखि अवरुद्ध भएका छन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जिल्लामा हिमपात भई हवाई उडान नहुँदा बाहिरबाट खाद्यान्न ल्याउन नसकिएको बताउनुभयो । यसैबीच प्रजिअ गिरीले मृतकका परिवार र सुत्केरीलाई क्रमशः डेढ क्विन्टल र २० केजी चामल आज प्रदान गर्नुभयो ।