५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीमा मन्त्रिपरिषद् विस्तार, एमालेका चार मन्त्री थपिँदै



फाईल फोटो
अ+ अ-

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले नेकपा एमालेका चार जना सांसदलाई मन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोखरेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ नियुक्त हुने भएका छन् । मन्त्रीहरूको शपथ आजै दिउँसो ३ बजे हुने बताइएको छ ।

योसँगै बागमती सरकारमा एक विना विभागीय मन्त्रीसहित १३ सदस्यीय मन्त्रीमण्डल बन्ने भएको छ । जसमा माओवादीको तर्फबाट मुख्यमन्त्रीसहित ४ जना, एमालेबाट ५ जना, समाजवादीवाट विना विभागीय मन्त्री सहित ३ र हाम्रो नेपाली पार्टीबाट १ जना मन्त्री बनेका छन् ।