४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले पाँच लाख कोराना विरुद्धका खोप दिने



अ+ अ-

काठमाडौं । चीनले कोभिड–१९ विरुद्धका पाँच लाख  खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार भएको टोलिफोन वार्तामा उहाँका चिनियाँ समकक्षीले उक्त परिमाणको खोप सहयोगको घोषणा गर्नुभएको गएराति परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिनियाँ सहयोगप्रति मन्त्री ज्ञवालीले आभार व्यक्त गर्नुभएको छ ।