४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

म्यानमारमा  ट्विटर र इन्स्टाग्राममा समेत प्रतिबन्ध

म्यानमारमा  ट्विटर र इन्स्टाग्राममा समेत प्रतिबन्ध
अ+ अ-

काठमाडौं । म्यानमारमा  ट्विटर र इन्स्टाग्राम प्रयोगमा समेत प्रतिबन्ध लगाइएको छ । सैन्य कूको विरोधमा आन्दोलन चर्किएसंगै यसअघि फेसबुक एप्स ब्लक गरिएको थियो ।  

सैन्य कूको विरोध गरिरहेका मानिसहरू विरोध प्रदर्शनको भिडियो एवं तस्वीरहरू सामाजिक सञ्चालमा पोस्ट गर्दै आएका थिए भने कतिपयले सोही माध्यममार्फत समर्थन जनाउँदै आएका थिए । 

शुक्रबार म्यानमारको सञ्चार मन्त्रालयले देशमा मोबाइल नेटवर्क र इन्टरनेट सेवा प्रदायकहरूलाई ट्विटर र इन्स्टाग्राम ब्लक गर्न निर्देशन दिएको थियो । सार्वजनिक हितको नाममा सामाजिक सञ्जाल एप्सलाई शनिबार ब्लक गरिएको हो । 

नर्वेजियन कम्पनी टेलिनरलाई उद्धृत गर्दै सीएनएनले यसबारे उल्लेख गरेको छ । टेलिनर त्यही कम्पनी हो, जसले म्यानमारमा पनि मोबाइल सेवाहरू प्रदान गर्दै आएको छ । 

टेलिकम कम्पनीले एक विज्ञप्तिमा भनेको छ, ‘देशमा जारी निर्देशन म्यानमारको दूरसञ्चार कानुनअन्तर्गत मान्य हुन्छ । तर, टेलिनरले म्यानमारको निर्देशनहरूको जरुरी र आनुपातिकताकालाई चुनौती दिएको छ ।’