४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

बालबालिकामा किन हुन्छ अटिजम ?

बालबालिकामा किन हुन्छ अटिजम ?
अ+ अ-

काठमाडौं । आज विश्व अटिजम जागरुकता दिवस । नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

अटिजमको समस्या भएका बालबालिकाको विशेष स्याहार गर्नुका साथै अटिजमको बारेमा सचेतना दिने उद्देश्यले हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००८ देखि विश्व अटिजम जागरुकता दिवसका रूपमा मनाइन थालिएको हो ।

अटिजमले मानिसको सामाजिक अन्तरक्रिया, सञ्चार र व्यवहारलाई असर गर्ने भएकाले अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी), एक न्यूरो डेभलपमेन्टल समस्याको रुपमा चिनिन्छ । वयस्क जीवनमा असर नपर्दा छुट्टै सोचको रुपमासमेत लिने गरिन्थ्यो तर पछिल्लो समय स्पेक्ट्रम डिसअर्डरको लक्षणले समस्यामा पारेकोले सचेतनाका लागि जागरुकता दिवस मनाउन थालिएको हो ।

नेपालमा अटिजमबाट पीडितको तथ्यांक यकीन छैन । विश्वमा यसको संख्या भने साढे दुईदेखि तीन लाखसम्म रहेको बताइन्छ । अटिजमको लक्षणहरु प्राय: जन्म भएको तीन वर्षभित्रै देखिन थाल्छ । स्पेक्ट्रम डिसअर्डरका रुपमा लिइने यो स्वास्थ्य समस्याको खतरा केटीभन्दा केटाहरुमा चार गुणाले बढी हुने गरेको पाइएको छ ।

आमा बुवाको उमेर धेरै भएपछि जन्मिएका बच्चाहरुमा अटिजमको खतरा हुने देखिने गरेको छ । चिकित्सकसँग निरन्तर परामर्शमा रहे अटिजमको रोकथाम गर्न सकिने बताइएको छ । अटिजम भएका व्यक्तीहरुलाई सामाजिक रुपमा घुलमिल हुन, सञ्चारको बिचलन, कल्पना शक्ति कम हुने र व्यवहार गर्नमा कठिनाई, खेलहरु खेल्न नजान्ने जस्ता समस्याहरु देखापर्छन् ।

अटिजमको प्रसार बढ्दो छ, हरेक ८८ जनामध्ये एक बालबालिकामा देखा पर्ने अटिजमको निदान हुने प्रमाणित भएको छ । अटिजम एउटा रोग नभएर मस्तिष्कको विशेष अवस्था हो । अनुसन्धानको क्रममा यससँग सम्बन्धित धेरै पक्षले नौलो मोड लिएको छ ।