३० कार्तिक २०८१, शुक्रबार
,
Latest
डिजेल र मट्टितेलको मूल्य बढ्यो प्रधानमन्त्रीको चीन भ्रमणः मंसिर १७ मा जाने, १८ मा राष्ट्रपतिसँग भेटवार्ता, २० मा फर्किने प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन समाचार संकलनका लागि पुगेका पत्रकारमाथि कास्की प्रहरीको दुर्व्यवहार स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकामा किन हुन्छ अटिजम ?



अ+ अ-

काठमाडौं । आज विश्व अटिजम जागरुकता दिवस । नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

अटिजमको समस्या भएका बालबालिकाको विशेष स्याहार गर्नुका साथै अटिजमको बारेमा सचेतना दिने उद्देश्यले हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००८ देखि विश्व अटिजम जागरुकता दिवसका रूपमा मनाइन थालिएको हो ।

अटिजमले मानिसको सामाजिक अन्तरक्रिया, सञ्चार र व्यवहारलाई असर गर्ने भएकाले अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी), एक न्यूरो डेभलपमेन्टल समस्याको रुपमा चिनिन्छ । वयस्क जीवनमा असर नपर्दा छुट्टै सोचको रुपमासमेत लिने गरिन्थ्यो तर पछिल्लो समय स्पेक्ट्रम डिसअर्डरको लक्षणले समस्यामा पारेकोले सचेतनाका लागि जागरुकता दिवस मनाउन थालिएको हो ।

नेपालमा अटिजमबाट पीडितको तथ्यांक यकीन छैन । विश्वमा यसको संख्या भने साढे दुईदेखि तीन लाखसम्म रहेको बताइन्छ । अटिजमको लक्षणहरु प्राय: जन्म भएको तीन वर्षभित्रै देखिन थाल्छ । स्पेक्ट्रम डिसअर्डरका रुपमा लिइने यो स्वास्थ्य समस्याको खतरा केटीभन्दा केटाहरुमा चार गुणाले बढी हुने गरेको पाइएको छ ।

आमा बुवाको उमेर धेरै भएपछि जन्मिएका बच्चाहरुमा अटिजमको खतरा हुने देखिने गरेको छ । चिकित्सकसँग निरन्तर परामर्शमा रहे अटिजमको रोकथाम गर्न सकिने बताइएको छ । अटिजम भएका व्यक्तीहरुलाई सामाजिक रुपमा घुलमिल हुन, सञ्चारको बिचलन, कल्पना शक्ति कम हुने र व्यवहार गर्नमा कठिनाई, खेलहरु खेल्न नजान्ने जस्ता समस्याहरु देखापर्छन् ।

अटिजमको प्रसार बढ्दो छ, हरेक ८८ जनामध्ये एक बालबालिकामा देखा पर्ने अटिजमको निदान हुने प्रमाणित भएको छ । अटिजम एउटा रोग नभएर मस्तिष्कको विशेष अवस्था हो । अनुसन्धानको क्रममा यससँग सम्बन्धित धेरै पक्षले नौलो मोड लिएको छ ।