११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

युएसएआईडी र नेपाल पर्यटन बोर्डद्वारा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियानको शुभारम्भ

युएसएआईडी र नेपाल पर्यटन बोर्डद्वारा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियानको शुभारम्भ
अ अ+ अ-

काठमाडौँ : युएसएआईडी र नेपाल पर्यटन बोर्डको सहकार्यमा र स्टेलर नामक यात्राबाट प्रेरित कथ्य साझा गर्ने प्रसिद्ध विश्वव्यापी मञ्चसँगको साझेदारीमा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियानको आज शुभारम्भ भएको छ ।

यस अभियानले नेपालको समृद्ध इतिहास, सांस्कृतिक विविधता र प्रचुर मात्रामा पर्यटनका अवसरहरूलाई विश्वव्यापी दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।  सन् २०२३ को अभियानले १ करोड ६३ लाखभन्दा बढी यात्रुसम्म पुगी १ करोड ५८ लाख अमेरिकी डलर बराबरको मिडिया मूल्य आर्जन गरेको थियो । उक्त सफलताका जगमा यस वर्षको अभियानले थप कार्य गर्नेछ ।

अभियानको दोस्रो चरण, अर्थात् सन् २०२४ को अभियानमा स्टेलरका अन्तर्राष्ट्रिय डिजिटल सामग्री सर्जकहरू सहभागी हुनेछन् । उनीहरूले काठमाडौँ, पोखरा, बर्दिया र इलामजस्ता मुख्य गन्तव्यमा घुम्ने क्रममा मनमोहक भिडियो र फोटोहरूमार्फत नेपालको सौन्दर्यलाई कैद गर्नेछन् । दुई करोडभन्दा बढी दर्शकसम्म पुग्ने अपेक्षा गरिएको यस अभियानको उद्देश्य पर्यटक आगमनलाई प्रोत्साहित गर्नु र नेपाललाई एक प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थान दिनु रहेको छ ।

शुभारम्भ कार्यक्रममा बोल्दै अमेरिकी राजदूत डिन थम्पसनले नेपालको विविध भू-बनोट, समृद्ध जैविक विविधता र जीवन्त संस्कृतिका कारण उच्चस्तरीय पर्यटकीय गन्तव्यका रूपमा यस मुलुकको अथाह सम्भावना रहेको कुरामाथि जोड दिनुभयो । राजदूत थम्पसनले नेपालको पर्यटन क्षेत्रका लागि युएसएआईडीको अटुट सहयोग रहेको उल्लेख गर्दै समावेशी, दिगो आर्थिक वृद्धिलाई अगाडि बढाउन पर्यटनको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

यसै सिलसिलामा नेपाल पर्यटन बोर्डका का.मु. प्रमुख कार्यकारी अधिकृत नन्दिनी लाहे थापाले सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएको र नेपालले पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो । वर्षभरि नेपालको पर्यटन प्रवर्द्धन गर्दै र नेपाललाई विश्वयात्रीको रोजाइको गन्तव्यका रूपमा स्थापित गर्दै यो अभियान वृद्धितर्फको यस यात्राको दिगोपनलाई कायम राख्न तयारी अवस्थामा रहेको उहाँको भनाइ थियो ।

नेपाल पर्यटन बोर्ड, युएसएआईडी र स्टेलरबिचको साझेदारीले नेपालको गतिशील पर्यटन उद्योगको विकासलाई उत्प्रेरित गर्न र मुलुकको पर्यटन सेवा तथा पूर्वाधारलाई अझ सुदृढ बनाउन लगानी आकर्षित गर्नका लागि उनीहरूले व्यक्त गरेको साझा प्रतिबद्धतामाथि जोड दिएको छ ।