• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो संसद बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’ ★   ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै ★   लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक पक्राउ ★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

भान्सामा हुने यी गल्तीले मानिसलाई गरिब बनाउँछ ! आजैदेखि सुधार्नुस्



एजेन्सी । सनातन धर्ममा वास्तुशास्त्रको विशेष महत्व छ । वास्तु शास्त्रमा घरमा सबै चीजहरू राख्नको लागि विशेष नियमहरू उल्लेख गरिएको छ । यी नियमहरू पालना गर्दा मानिसका लागि बढी फाइदा हुने विश्वास गरिन्छ ।

भान्साको लागि केही विशेष नियमहरू पनि वास्तुशास्त्रमा उल्लेख गरिएको छ । मान्यता अनुसार वास्तुशास्त्रका यी नियमहरूको पालना गर्नाले घरमा सुख, शान्ति र समृद्धि आउँछ ।

साथै, भान्साकोठामा केही गल्ती गर्नाले व्यक्तिले जीवनमा धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ ।

भान्सामा यस्तो गल्ती नगर्नुहोस्ः
धेरै पटक यस्तो देखिन्छ कि मानिसहरूले राती फ्रिजमा पीठो मुछेर भोलिपल्ट त्यही पीठोबाट रोटी बनाउँछन् तर वास्तुशास्त्रका अनुसार त्यसो गर्नु राम्रो होइन । बासी पीठोबाट रोटी बनाउँदा शनि र राहुको कारणले मानिसमा नकारात्मक असर पर्ने जनविश्वास रहेको छ ।

वास्तुशास्त्र अनुसार भान्साकोठामा कुचो राख्नु अशुभ मानिन्छ । यसो गर्नाले वास्तु दोष हुने भनिएको छ । यसबाहेक घरपरिवारमा झगडा हुने अवस्था छ । त्यसैले भान्सामा कुचो राख्नु हुँदैन ।

यसका अलावा भान्साकोठामा टुटेफुटेका भाँडाकुँडा पनि राख्नु हुँदैन । भान्साकोठामा यस्ता भाँडाहरू राख्नाले वास्तु दोष हुन्छ । यसले माता अन्नपूर्णलाई रिस उठ्ने जनविश्वास छ ।

भान्साकोठामा मन्दिर बनाउनुभएको छ भने त्यहाँबाट मन्दिर हटाउनुहोस् । वास्तुशास्त्र अनुसार भान्साकोठामा मन्दिर बनाउनु हुँदैन । किनभने खाना बनाउँदा प्याज र लसुनको प्रयोग गरिन्छ । यसले परिवारका सदस्यहरूमा नकारात्मक असर पार्छ ।