• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

दिल्ली क्यापिटल्सले चेन्नईविरुद्ध गर्यो ठूलो गल्ती, कप्तान ऋषभ पन्तलाई १२ लाख जरिवाना



एजेन्सी । दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । दिल्ली क्यापिटल्सका कप्तान पन्त आईपीएलको आचारसंहिता उल्लंघन गरेको आरोपमा आइतबार दोषी ठहर भएका छन् ।

दिल्लीले विशाखापट्टनममा आईपीएल २०२४ को आफ्नो पहिलो जित दर्ता गर्‍यो, तर चेन्नई सुपर किंग्सविरुद्धको एउटा गल्ती उसलाई महँगो सावित भयो ।

दिल्ली क्यापिटल्सले चेन्नईविरुद्ध स्लो ओभर रेट राखेको कारण पन्तलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको हो । ऋषभ पन्त हालको आईपीएलका दोस्रो कप्तान बनेका छन्, जसलाई आईपीएलको आचारसंहिता उल्लंघन गरेको आरोपमा जरिवाना गरिएको छ ।

यसअघि गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई जरिवाना गरिएको थियो ।

पन्त र गिललाई १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो किनभने यो टोलीको पहिलो अपराध थियो । यो गल्ती दोहोरिए कप्तानलाई २४ लाख जरिवाना हुनेछ । यसबाहेक टोलीका अन्य सदस्यलाई पनि म्याच शुल्कको २५ प्रतिशत जरिवाना हुनेछ ।

टोलीले तेस्रो पटक गल्ती गरेमा कप्तानलाई ३० लाख जरिवाना र एक खेलको प्रतिबन्ध लगाइनेछ । टोलीका अन्य सदस्यलाई म्याच शुल्कको ५० प्रतिशत जरिवाना हुनेछ ।