१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धन उपनिर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गर्न सकारात्मक छः महेश बर्तौला



अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकमा उपनिर्वाचनमा सत्ता पक्षबाट एउटै उम्मेदवारलाई समर्थन गर्ने बारेमा छलफल भएको छ ।

आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा सत्ता पक्षबाट एउटै उम्मेदवारलाई सघाउने विषयमा छलफल भएको हो । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले यद्यपि सहमति भने जुटि नसकेको बताउनु भयो । उहाँले सत्तारुढ दलहरुको बैठकमा आगामी उपनिर्वाचनको बारेमा सहज बनाउने विषयमा छलफल भएको बताउनु भयो । उहाँले नेकपा एमालेबाट प्रश्तुत भएका उम्मेदवारहरुलाई समयसँगै एक ढंगबाट समर्थन गर्ने अवस्था आउने र त्यस विषयमा छलफल सकारात्मक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सत्ता गठबन्धनको आजको बैठक सामान्यतया आगामी उपनिर्वाचनको बारेमा त्यसलाई सहज ढंगले कसरी अघि बढाउने ? दैनिक जनजीवनसँग जोडिएका विषयहरुमा छलफल भयो । त्यसपछि संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका विषयमा छलफल भएको छ । सरकारलाई अझ कसरी सशक्त र प्रभावकारी ढंगबाट अघि बढाउने लगायतका विषयमा छलफल केन्द्रित भयो । नेकपा एमालेबाट प्रश्तुत भएका उम्मेदवारहरुलाई समयसँगै एक ढंगबाट समर्थन गर्ने अवस्था छ ।’

उहाँले छलफलमा संवैधानिक आयोगका पदाधिकारी नियुक्ति र नगरिकका दैनिक जनजीवनसँग जोडिएका विषयहरुमा छलफल भएको पनि बताउनु भयो ।