१७ भाद्र २०८३, बुधबार
,
Latest
जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिभावकलाई विद्यालय व्यवस्थापनमा सक्रिय सहभागिता गराउने गरी विद्यालय शिक्षा विधेयक ल्याउन आवश्यकः महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता भएको बताउनुभएको छ ।

आईतवार सामुदायिक विद्यालय व्यवस्था समिति महासंघको स्थापना दिवसको अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले विद्यालयमा अभिभावकको सहभागिता कम हुने विषय राजनीतिक असफलता भएको दाबी गर्नुभयो । उहाँले राजनीतिक दलको भोटर खाने पानी,सडक,ढल निर्माणका विषयमा कति बजेट आयो,ठेक्का लाग्यो÷लागेन भनेर छलफल र चासो व्यक्त गर्ने तर सामुदायिक विद्यालयका छलफलमा नजाने गरेको बताउनु भयो ।

उहाँले अभिभावकलाई राजनीतिक दलहरुले पनि सचेत गराउन नसक्नु राजनीतिक असफलता भएको उल्लेख गर्नुभयो । उहाँले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाका अभिभावकलाई विद्यालय व्यवस्थापनमा सक्रिय सहभागिता गराउने गरी विद्यालय शिक्षा विधेयक ल्याउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले विद्यालय शिक्षा विधेयकमा अभिभावकको सहभागिता धेरै कसरी बढाउने र दलियकरण हुन नदिने कुरामा विशेष रुपमा छलफल गर्न जरुरी रहेको बताउनु भयो । महामन्त्री थापाले विद्यालय शिक्षालाई निःशुल्क बनाउँदै गर्दा विद्यालयलाई अतिरिक्त स्रोत व्यवस्थापन गर्न पाउने ढोका ऐनमा खुला छोड्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले विद्यालयले अभिभावक वा अन्य पूर्वविर्थीहरुले विद्यालयको लागि स्वेच्छाले सहयोग गर्ने कुरामा खुला छोड्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले कानून बनाएको छ । विद्यालय शिक्षा निःशुल्क हो । एक पटक ठूलो रकम खर्च गरेर भए पनि शिक्षकको विषय टुंग्याउनुपर्छ । त्यसपछि विद्यालयहरु क्रेटिभ हुन्छु इभल हुन्छ भन्ने कुराका सन्दर्भमा शिक्षा निःशुल्क राख्दै गर्दा विद्यालयले अतिरिक्त स्रोतको व्यवस्थापन गर्ने कुराको ढोका खुला राख्नुपर्छ कि पर्दैन । खोल्दा बिग्रेला र ? विचार गर्ने हो की ? मैले स्वइछिक रुपमा पूर्वविद्यार्थीहरुबाट पैसा लिन्छु । वा अभिभावक कसैले विद्यालयलाई सहयोग गर्छ भने लिन्छु । कसैले अग्रेजी,गणित र विज्ञानको शिक्षक राखेर गछु तर त्यसको लागि यसरी जाने भन्ने कुरा ढोका बन्द गर्ने हो त ? त्यसमा पनि खुला छाड्नुपर्छ भन्ने लागेको विषय हो ।

कसैले विद्यालयलाई घर परिवार भन्दा पनि बढी खटेर काम गरेको हुन्छ । पूरै ज्यान दिएर विद्यालयको काम गरेको पाउछु । कतै भने पूरै हाम्रो पार्टीको हो भनेर भोटा हाल्दै नाच्दै गरेको पाइन्छ । शिक्षक पनि सबै खालका छन् । यसलाई नछुट्याउनु हुँदैन ।

सवल पक्षहरु पनि छ । नियतका कुरामा कसैले जिम्मेवारी लिएर हुँदैन । विधि बनाउने कुरामा अहिलेसम्म भएको गलत अभ्यासका बारेमा कहाँ– कहाँ रोक्ने हो । विद्यालय शिक्षा विधेयकमा अभिभावकको सहभागिता धेरै कसरी बढाउने र सँगै दलियकरण हुन नदिने कुरामा विशेष रुपमा छलफल गरौैं । विद्यालयमा अभिभावकको सहभागिता कम हुने विषय राजनीतिक असफलता हो । ढल,खानेपानी,सडक बनाउने कुरामा सहभागिता जनाउँछ । तर त्यही मान्छे विद्यालयमा ल्याउन सकिएको छैन । किन ?’

उहाँले सामुदायिक विद्यालयका शिक्षकहरुको विवादलाई राज्यले रकम खर्च गरेर भएपनि समाधान गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।