• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

सातवटा गैँडालाई आन्तरिक स्थानान्तरण गरियो



फाईल फोटो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट चर भाले र तीन पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । सात गैँडालाई स्थानान्तरण गरेसँगै आन्तरिक स्थानान्तरणको काम सकिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

आठ वर्षदेखि ३० वर्षसम्मका गैँडालाई पश्चिम क्षेत्रबाट पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि पूर्व क्षेत्रमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो ।

सूचना अधिकारी तिवारीका अनुसार यही चैत २ गतेदेखि गैँडा स्थानान्तरको काम सुरु गरिएको थियो । नवलपरासी बर्दघाट–सुस्ता पूर्व कावासोतीबाट ३० वर्षको भाले गैँडालाई कसरा क्षेत्रबाट पूर्वको तमोरताल क्षेत्रमा ल्याएर छोडिएको उहाँले जानकारी दिनुभयो ।

दिव्यपुरी पोष्ट क्षेत्रबाट १७ र आठ वर्षका भाले गैँडालाई खगेन्द्रमल्ली रेञ्जर पोष्ट दक्षिण क्षेत्रमा ल्याएर छोडिएको छ । निकुञ्जको सुकीभार क्षेत्रबाट १४, १६ र १३ वर्षका पोथी गैँडालाई खगेन्द्र मल्ली रेञ्जर पोष्टको क्षेत्रमा र सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोष क्षेत्रमा रहेको १० वर्षको भाले गैँडालाई कोसिटपु वन्यजन्तु आरक्ष सप्तरीमा स्थानान्तरण गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

निकुञ्जका हात्ती, हात्ती सारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएका नेपाली सेना र अन्य कर्मचारी गरी ६० जना जनशक्ति गैँडा स्थानान्तरणमा परिचालन भएका निकुञ्ज कार्यालयले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदन अनुसार गैँडा स्थानान्तरण गरिएको हो ।

पछिल्लो गणना अनुसार नेपालमा सात सय ५२ वटा गैँडा रहेका छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा छन् ।