२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेसँग धरान उपमहानगरपालिका प्रमुख साम्पाङको भेट-के भयो कुरा ?



अ+ अ-

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग धरानउपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको भेट भएकाे छ । भेटमा प्रमुख साम्पाङले धरानका बिभिन्न बिषयमा गृहमन्त्री लामिछानेको ध्यानकर्षण गराउनु भएको छ ।

मेयर साम्पाङले धरान इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको मागगर्नुभयो । उहाँले कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेकोगुनासो गर्नुभयो । भेटमा गृहमन्त्री लामिछानेले लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग  सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

गृहमन्त्री लामिछानेलाई  प्रमुख साम्पाङले प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न  सुझाव दिनुभयाे । प्रहरीलाई ‘आम नागरिकलाई भर: गलत गर्नेलाई डर’ हुने संगठन बनाउने गृहमन्त्रीले प्रतिवद्धता जनाउनु भयो । गृहमन्त्री र प्रमुख साम्पाङबीच लागू औषध दुर्व्यसनी नियन्त्रणबारे पनि छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । नशाका लागि विभिन्न थरीका औषधी मिसाएर खाने प्रवृत्ति बढेको तर, त्यसविरुद्ध कारबाही चलाउन कानून नरहेकोबारे प्रमुख साम्पाङद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण गराउनु भयो ।

गृहमन्त्री लामिछानेले नियन्त्रणका लागि तीनै तहका सरकारबीच प्रभावकारी सहकार्य सहित विशेष अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयो । गृहमन्त्रीले साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने प्रतिवद्धता जनाउनु भयो ।