२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

पत्रकारले तालिम नपाउँदा विकृति, बिसंगति मौलायो : सञ्चारमन्त्री गुरुङ

पत्रकारले तालिम नपाउँदा विकृति, बिसंगति मौलायो : सञ्चारमन्त्री गुरुङ
अ अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताउनुभएको छ । आइतबार काठमाण्डौमा आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताउनुभएको हो ।

तालिमप्राप्त पत्रकार नहुँदा विकृति, बिसंगति जन्मिएको भन्दै उहाँले पत्रकारहरुको निम्ति तालिम केन्द्रको विकास नगरी पत्रकारीता क्षेत्रको गुणस्तर नहुने बताउनुभयो । आफ्नो योग्यता, क्षमता र गुणस्तर बिना बजारमा बिक्रि हुन्नौँ भन्ने हेक्का पत्रकारहरुले पनि राख्नुपर्ने उहाँको भनाई छ । उहाँले बिरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन नगरेसम्म पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन नसकिने पनि बताउनुभयो ।

मन्त्री गुरुङले पत्रकारहरुका लागि प्रशिक्षण प्रतिष्ठान खोल्ने कुरा सरकारको नीति कार्यक्रममा ल्याउने बताउनुभयो । उहाँले अनलाइन नविकरणका लागि जिल्ला हुलाक कार्यालबाट हुनेगरी नीतिगत निर्णय गरिएको भएपनि हुलाकका कार्मचारी दक्ष नहुँदा प्रभावकारी नभएको बताउनुभयो ।

पत्रकार प्रेस पासबारे कार्यविधि बनाएर वर्षैपिच्छे नविकरण गर्ने परम्पराको अन्त्य गर्ने प्रयत्न गर्ने उहाँको भनाई छ । उहाँले पत्रकारको समस्या समाधानको निम्ति प्याकेज बनाएर अघि बढ्ने बताउनुभयो । पत्रकारहरुका लागि कोभिड १९ कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो ।