४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ मा नेकपाका दुई समूहबीच जुटेन सहमति



अ+ अ-

बिराटनगर । प्रदेश–१ को प्रदेशसभा बैठकबारे नेकपाका दुई समूहबीच सहमति जुटाउने प्रयास असफल भएको छ । आइतबार प्रदेशसभा  बैठक अगाडि दुई समूहका नेताहरु वार्तामा बसेपनि आ–आफ्नो अडान छोड्न नमानेपछि बिना सहमति नेताहरु उठेका हुन्।

बैठकमा ओली समूहका नेताहरुले आइतबार निर्धारित बैठक सूचना टाँसेर स्थगित गर्ने र छलफल अगाडि बढाउने प्रस्ताव राखेपनि प्रचण्ड–माधव समूहका नेताहरुले कम्तिमा आइतबार बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गरिनुपर्ने अडानमा कायमै गरेका हुन् ।

दुवै समूह आ-आफ्नै अडानमा कायम रहेपछि वार्ता बिना निष्कर्ष सकिएको छ । वार्तामा प्रचण्ड–माधव समूहबाट राजेन्द्र राई, इन्द्र आङ्बो र लक्ष्मण तिवारी सहभागी थिए भने ओली समूहबाट आन्तरिक मामला मन्त्री रहेका हिक्मत कार्की र बिमल कार्की सहभागी थिए ।

बैठक बस्नेबारे कार्यव्यवस्था परामर्श समितको बैठकमा पनि दुवै समूहको कुरा मिल्न नसक्दा दुई बजे बोलाइएको प्रदेशसभा बैठक बस्न सकेको छैन । मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन् ।