१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प

न्यायाधीशहरुको आचरण छानविन गर्न संसदीय समिति बनाउनुपर्ने सांसद सिंहको माग

न्यायाधीशहरुको आचरण छानविन गर्न संसदीय समिति बनाउनुपर्ने सांसद सिंहको माग
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले न्यायाधीशहरुको आचरण छानवीन गर्न संसदीय छानवीन समिति गठन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले न्यायपालिकाले पहुँचको आधारमा निर्णय गर्ने गरेको बताउनु भयो । उहाँले न्यायपालिकाको निर्णय प्रक्रिया कानूनसम्मत र संविधानसम्मत हुनुपर्ने बताउनु भयो । उहाँले व्यक्तिको प्रभावको आधारमा मुद्दा फैसला हुने गरेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुको मोबाइल रेकर्ड हेरिनुपर्ने बताउनु भयो । उहाँले न्यायाधीशरुको आचरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताउनु भयो । उहाँले कयौँ मुद्दाहरुलाई वर्षौंदेखि पेशी नदिने तर कुनैलाई जबर्जस्ती छिटोभन्दा छिटो फैसला गर्ने गरिएको भन्दै उहाँले यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘न्यायपालिकाको नियुक्तिप्रक्रियादेखि लिएर न्यायप्रणालीपनि पहुँच अनुसार फरक छ । यसले जनताको विश्वास कहाँ लग्छ ? जसरी सरकारले पहुँचको आधारमा विभिन्न निर्णय गर्छ । त्यसरी न्यायपालिकाले गर्न थाल्यो भने त्यो न्यायपालिकामा प्रश्न उठ्नु आफैँमा एउटा दु:खद् कुरा हो । न्याय परिषद्को सदस्य कानूमन्त्री यहीँ हुनुहुन्छ । म आग्रह गर्न चाहन्छु कि न्यायपालिकाको निर्णय प्रक्रिया कानुनसम्मत, संविधानसम्मत हुनुपर्छ । व्यक्ति हेरेर व्यक्तिको प्रभावमा त्यहाँको सर्वोच्च अदालतका न्यायाधिशहरुको मोबाइल रेकर्ड मनिटर हुनुपर्छ । कुन नेताको पहुँचको आधारमा, कस्को पहुँचको आधारमा निर्णय प्रभावित हुने गर्छ ? न्यायपालिकामा नियुक्ति भागबण्डाको आधारमा भइरहेको छ । भागबण्डाको आधारमा निर्णय गर्ने प्रक्रिया दु:खद् कुरा हो । यसले न्यायपालिकाको छविलाई माथि पुर्‍याउँदैन । देशको न्याय प्रणालीलाई नै प्रश्न उठाउँछन् । म माग गर्न चाहन्छु, न्यायपालिकाबाट निर्णय भइरहेको के आधारमा भइरहेको छ, न्यायाधीशहरुको आचरणको बारेमा एउटा संसदीय छानविन समिति गठन होस् । संसदीय छानविन समितिले पनि हेर्न पाओस् कि कुन न्याय प्रणाली कसरी भइरहेको छ ?’

उहाँले न्यायपरिषद्मा धेरै उजुरी पर्ने गरेको भएपनि छानविन नहुने गरेको भन्दै यसतर्फ कानूनमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।