११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

जनमत साहित्यिक मासिकको वार्षिकोत्सवमा १५ श्रष्टा सम्मानित

जनमत साहित्यिक मासिकको वार्षिकोत्सवमा १५ श्रष्टा सम्मानित
अ अ+ अ-

काभ्रे:जनमत साहित्यिक मासिकको ४०औ वार्षिकोत्सवका अवसरमा जनमत वाङमय प्रतिष्ठानले विभिन्न १५ स्रष्टालाई २०७९ सालको सम्मान प्रदान गरेको छ । कार्यक्रमका वरिष्ठ कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठले सम्मानीत श्रष्टाहरुलाई सम्मान–पत्र, दोसल्ला र नगदसहित प्रदान गरे ।

यसैगरि दीपा–जनमत सम्मानबाट समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम (बागलुङ), गणेश/खिलकुमारी दुवाल–जनमत सम्मानबाट लेखक प्रमोद प्रधान (मोरङ), हृदयचन्द्र–वरिष्ठ जनमत साधक सम्मानबाट प्रा.डा. अभि सुवेदी (तेह्रथुम), जनमत–जनक प्रधान सेवा सम्मानबाट पत्रकार राजेश खनाल (महोत्तरी) लाई सम्मानित गरियो ।

यसैगरी केवलपुरे–जनमत सम्मान नर्मदेश्वरी सत्याल (संखुवासभा), कमला सैंजू–जनमत सम्मान लक्ष्मी माली (काठमाडौं), जनमत–महेन्द्रलाल कलाकार सम्मान रविन्द्र श्रेष्ठ (भक्तपुर), जनमत–राजभाई सहयात्री सम्मान बाबुराम श्रेष्ठ ’वर्षा’ (मोरङ), भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान मेरिना स्मृति (काठमाडौं), जनमत–केदार/सुदर्शना बालसाहित्य सम्मान गङगादेवी कसजु (बाग्लुङ) लाई प्रदान गरियो ।

जनमत–सिचि धर्म/संस्कृति सम्मान रामकृष्ण कर्माचार्य (ललितपुर), जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान महेश पौड्याल (झापा), जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान बालरोग विशेषज्ञ प्रा. डा. सृजना श्रेष्ठ (काठमाडौ), जनमत–ज्ञानरत्न / मंगलतारा राष्ट्रिय सम्मान दिनेश गुप्ता (पर्सा) र जनमत–पूर्णमान/लुचि समाजसेवा सम्मान रामराजा धौभडेल (काभ्रे) लाई प्रदान गरियो ।

प्रतिष्ठानले यसअघि विभिन्न क्षेत्रका २ सय १९ स्रष्टालाई सम्मान गरिसकिएको जनमत बाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालले बताए ।

जनमत प्रकाशनमार्फत प्रकाशित हुँदै आएको जनमत साहित्यिक मासिकको २०४५ सालयता ३ सय १८ अंक प्रकाशित भइसकेको बताउँदै अध्यक्ष दुवालले अक्षरकर्मी र साहित्यिक संस्था चिनाउने अभियानमा प्रतिष्ठान लागिरहेको बताए ।

कार्यक्रममा जनमत प्रकाशनबाट २०८० सालमा प्रकाशित लोकेन्द्रबहादुर चन्दद्धारा लिखित एकांकी ‘नेताका साथी’, मोहन दुवालको ‘आलोचना र परिचय’ (दोस्रो संस्करण), सिद्धिबहादुर कर्माचार्यको नाटक ‘किरणको वेदना’, शुक्रराज शास्त्रीको पुस्तक ‘स्वर्गको दरबार’ को तेस्रो संस्करण र मोहन दुवालको सम्पादकत्वमा प्रकाशित जनमत : जानकारी पुस्तक सार्वजनिक गरिएका थियो ।

कार्यक्रममा सम्मानित प्रतिभाहरुले कविता तथा विभिन्न रचना वाचन गरेका थिए भने सम्मानित प्रतिभा र अतिथि वक्ताहरुले नेपाली साहित्यककको क्षेत्रमा जनमतले पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।