१८ भाद्र २०८३, बिहीबार
,
Latest
खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको आरोप: प्रधानमन्त्री र आईजिपीले न्यायाधीश बनेर गृहमन्त्रीलाई क्लिन–चिट दिने प्रयास भयो



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल र सुरक्षा निकायका प्रमुखले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई न्यायाधीश बनेर क्लिन चिट दिने काम गरेको आरोप लगाउनु भएको छ ।

प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाउनु भएको हो ।

उहाँले भन्नुभयो ‘अहिले अब गम्भीर प्रश्न कहाँ उठेको छ भने जसमाथि छानबिन भैरहेको थियो, जसमाथि यो मुद्दा निरुपण हुनुपर्ने थियो, राज्य निश्कर्षमा पुग्नुपर्ने थियो, उहाँ नै गृहमन्त्रीको जिम्मेवारी लिएर त्यो कुर्सी र ओहोदामा पुग्नुभएको छ । त्यतिमात्रै भएको छैन सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीजीले हामीले जवाफ खोज्दा न्यायाधीशजस्तो एकदमै हुकुमी प्रमाङ् दिने राजा महाराजाजस्तो एकदमै क्लिन चिट दिने प्रयास गर्नुभयो । सुरक्षा निकायका प्रमुख उहाँले समेत फासफुस ढंगले क्लिन चिट दिने प्रयास गर्नुभयो । हामीले उठाईरहेको मुद्दामा गम्भीर प्रश्नहरु जन्मिएको छ । हामी संसदीय समितिको माग गरिरहेका छौं । प्रमुख प्रतिपक्षी दलको नाताले यो विषय उठाईरहेका छौं ।’

संसदीय छानवीन समिति नबनेमा काँग्रेस संसद अवरोध गर्ने तहसम्म पुग्ने उहाँले चेतावनी दिनुभयो ।